केसिटिसी र जिएचसीए क्वाटरफाईनलमा

  • विकेटनेपाल, भदौ १८ 

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौ टुडिखेलमा संचालन भैरहेको प्रथम गणेश बहादुर‒प्राणमाया चित्रकार स्मृति कप अन्डर नाइन्टिन क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा काडमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर(केसिटीसी) ले जेभिएर ईन्टरनेशनल कलेजलाई र ग्रेट हिमालयन क्रिकेट एकेडेमीले राईजिङ ११ लाई पराजित गर्दै  क्वाटर फाईनल प्रवेश गरेका छन् ।

पहिलो खेलमा केसीटिसीले टस जितेर फिल्डिङ रोज्दा ब्यटिङ गर्ने निम्तो पाएको जेभिएर ईन्टरनेशनल कलेजले निर्धारित २० ओभरको समाप्तिमा ९ विकेट गुमाउँदै ७९ रन बनाएको थियो । जेभिएर ईन्टरनेशनल कलेजका रबी शाहाले २४ रनको योगदान गरेका थिए । बलिंग तर्फ केसीटिसीका प्रतिक कान्तले ४ ओभरमा ११ रन खर्चिदै ४ विकेट लिन सफल भएका थिए । बलिंग तर्फ  तर्फ रित गौतमले २ वीकेट लिएका थिए ।

८० रनको लक्ष्य पछ्याउदै ब्याटिङमा उत्रेको केसीटिसी १७.४ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । केसीटिसीका बिश्वास श्रेष्ठले १३ रन बनाएका थिए । बलिंग तर्फ जेभिएर ईन्टरनेशनल कलेजका रित गौतमले २ वीकेट लिए पनि आफ्नो टिमलाई जित दिलाउन सकेनन् ।

४ ओभरमा ११ रन दिएर ४ विकेट लिएका केसीटिसीका प्रतिक कान्त म्यान अफ द म्याच घोषित भए ।

प्रदिप टन्डन

यस्तै, आईबारनै सम्पन्न भएको दास्रो खेलमा राईजिङ ११ लाई ४९ रनले पराजित गर्दै ग्रेटर हिमालयन क्रिकेट एकेडेमी क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

टस हारेर पहिला ब्याटिंग गरेको ग्रेटर हिमालयन क्रिकेट एकेडेमीले निर्धारित २० ओभरको समाप्तिमा अल आउट हुदै १ सय ५ रन जोड्न सफल भएको थियो । उसका लागि रबिन्द्र जंग शाहीले सर्वाधिक ३० रन बनाएका थिए । बलङितर्फ राईजिङ ११ का प्रकास सिंहले ४ ओभर मा २० रन दिदै ३ विकेट लिएका थिए ।

जवाफी व्यटिङ गरेको राईजिङ ११ ले १७ दशमलब २ ओभरमा अलआउट हुदै ५७ रनमा समेटिदा उक्त खेल गुमाएको थियो । राईजिङ ११ का रामेश्वर बिष्ट ११ रन बनाएका थिए । हिमालयका प्रदिप टन्डनले २ ओभरमा १ मेडन ४ रन खर्चिदै ३ विकेट लिन सफल भएका थिए जो खेलको म्यान अफ द म्याच घोषित भएका थिए ।

१६ टिमले भाग लिएको प्रतियोगिता २४ गतेसम्म नकआउट आधारमा सञ्चालन भइरहेका छन् । यस अघि ओमेगा कलेज,केसीटिसी,सगरमाथा र हिमालयन क्रिकेट एकेडेमी क्वाटरफाईन प्रबेश गरिसकेका छन् ।





थप समाचार

एलपीएल : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]