यु-१९ इटहरी प्रिमियर लिग : बिराटनगर र धनगढी फाइनलमा

  • विकेटनेपाल, १ माघ- सोमबार  , सुनसरी ।

विराटनगर र धनगढी इटहरीमा जारी दोस्रो अण्डर १९ इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेका छन् ।

सोमबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक इटहरी क्रिकेट एकेडेमीलाइ पराजित गर्दै बिराटनगर र दोस्रो सेमिफाइनलमा नेपालगञ्जलाई पराजित गर्दै धनगढी फाइनलमा पुगेको हो । फाइनल खेल मंगलबार हुनेछ।

सोमबार भएको पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको इटहरीले निर्धारित १४ ओभरको खेलमा ६ विकेट गुमाउदै ९१ रन बनाएको थियो । इटहरीका लागी गौतम शर्माले सर्वाधिक २९ रन बनाए भने पवन सर्राफले १५ रन बनाउदा बिवेक मेहेता १४ रनमा नटआउट रहे । बलिङतर्फ बिराटनगरका बिवेक यादवले २ विकेट लिदा मिनश थापा, फिर्दोश अन्सारी र दिपक कंडेलले एक–एक विकेट लिए ।

९२ रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको बिराटनगर १२ दशमलव ४ ओभरमा ५ विकेट गुमाउदै पुरा गरेको थियो । बिराटनगरका लागी म्यान अफ द म्याच मिनश थापाले ३७ रन बनाउदा अमित यादवले १६ तथा फिर्दोस अन्सारी १७ रनमा नटआउट रहे । बलिङ तर्फ इटहरीका मनिष दाहालले ३ तथा सोनु मण्डल र पवन शर्राफले एक–एक विकेट लिए ।

नेपालगंजलाई पराजित गर्दै धनगढी फाइनलमा

सोमबारनै सम्पन्न दोस्रो सेमिफाइनल धनगढीले नेपालगञ्जलाइ ८२ रनको फराकिलो अन्तरले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउदै १ सय ४७ रनको योगफल खडा गरेको थियो। धनगढीका लागी भीम सार्कीले सर्वाधिक ३७ रन बनाए। यस्तै लोकेश बम २२ र नारायण जोशी १९ रनमा नटआउट रहदा बसन्त कार्की १४ र शेरे मल्लले ११ रनको योगदान दिए। बलिङतर्फ नेपालगञ्जका बिजय चौधरीले २ र अजय शहनीले १ विकेट लिए।

१ सय ४८ रनको बिजयी लक्ष्य पछ्याएको नेपालगञ्ज १९ ओभरमा ६६ रनमा समेटिएपछी धनगढी उपाधी नजिक पुगेको हो। नेपालगञ्जका लागी कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

भोली मंगलबार हुने फाइनलमा प्रथम हुनेले १ लाख, दोस्रो हुनेले ५० हजार, सर्वोत्कृष्ट खेलाडीले ५ हजार नगद प्राप्त गर्नेछन । यस्तै खेलमा बेष्ट बलर र बेष्ट ब्याट्सम्यानले क्रमशः ५–५ हजार नगद प्राप्त गर्नेछ।





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]