यु-१९ राष्ट्रिय क्रिकेट अर्को साता सुरु हुँदै

Arjun Saud

नेपाल क्रिकेट संघ ( क्यान ) ले अण्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ।

सात प्रदेशको यु-१९ टिम सहभागी प्रतियोगिता मङ्सिर ७ देखि १९ गते सम्म काठमाडौँमा आयोजना हुनेछ।

प्रतियोगितामा सिंगल राउण्ड रोबिन फर्म्याटमा हुनेछ। सात वटै टिमले एक अर्का विरुद्ध १/१ खेल खेलेपछि अंकतालिकामा उत्कृस्ट हुने दुई टिम फाइनल खेल्नेछन्। प्रतियोगिताको खेलहरु टियु क्रिकेट मैदान किर्तिपुर र मुलपानी क्रिकेट मैदान मुलपानीमा खेलिनेछ।फाइनल सहित प्रतियोगितामा कुल २२ खेल हुनेछन्।

प्रतियोगिताको अघिल्लो संस्करणको उपाधि लुम्बिनी प्रदेशले जितेको थियो जुन क्रममा उसले सुदूरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गरेको थियो। स्कोरकार्ड

अघिल्लो संस्करण प्रतियोगितामा वर्तमान राष्ट्रिय क्रिकेटर देव खनाल, बसिर एहमद, बिबेक यादव, अर्जुन साउद, मोहम्मद आदील आलम, लोकेश बम जस्ता खेलाडी सहभागी थिए।

प्रतियोगिताको पहिलो दिन एक मात्र खेल हुनेछ। टियु मैदान किर्तिपुरमा बागमती प्रदेश र गण्डकी प्रदेश बीच प्रतिस्पर्धा हुनेछ। दोश्रो दिन मङ्सिर ८ देखि मङ्सिर १७ गतेसम्म दिनको दुई खेल हुनेछन्। मङ्सिर १९ गते फाइनल हुनेछ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]