पहिलो अभ्यास खेलमा नेपाललाई १७२ रनको लक्ष्य

  • विकेटनेपाल – १५ फाल्गुन, मंगलवार

आइसीसी विश्वकप छनौट २०१८ खेल्न जिम्बाबेमा रहेको नेपाली टोलिले पहिलो अभ्यास खेलमा संयुक्त अरब एमिरेट्स (युएई) विरूद जितका लागि २९ ओभरमा १७२ रनको लक्ष्य पाएको छ। युएईले पहिले ब्याटिंग गर्दै २८.५ ओभरमा अल आउट हुनअघि १७१ रन जोड्न सक्यो।

बर्षा बाधक बनेको खेलमा युएईले टस जित्दै पहिले ब्याटिंग गर्ने निर्णय लिएको थियो। मैदान हिलो भएका कारण खेल ढिला गरि नेपाली समय अनुसार ४:१५ बाट सुरुभएको थियो। खेल सुरु हुनु अघिनै मैदान बर्षाको कारण प्रभावित भएको थियो र आउटफिल्डमा जम्मा भएको पानी व्यस्थापन गर्न समय लागेकाले खेल पूर्ण निर्धारित समयमा सुरु हुन सकेन । करिब ३ घण्टा ढिलो गरी सुरु भएको खेललाई २९ ओभर प्रति पारी हुने गरी घटाईएको हो। प्रतियोगितामा नेपालले आफ्नो दोश्रो अभ्यास खेल मार्च १ तारिकमा हंगकंग बिरुद्ध खेल्नेछ। स्मरण रहोस् यो प्रतियोगिताका दुई शिर्ष टोली २०१९ मा हुने विश्वकपका लागि छनौट हुनेछन्।

Nepal vs UAE
Match Inspection | Photo : Raman Shiwakoti

२९ ओभरमा छोट्याइएको खेलमा युएईले पहिला ब्याटिंग गर्दै खराव सुरुवात गर्यो। टोलिको खातामा मात्र ५ रन हुँदा व्यक्तिगत ४ रनको स्कोरमा कप्तान रोहन मुस्तफा पभेलियन फर्किए। उनी ललित भण्डारीको बलमा ज्ञानेन्द्र मल्लबाट समातिएका थिए।

त्यसपछि तिन नंम्बरमा ब्याटिंग गर्न आएका घुलम शब्बेरले अश्फाक अहमदसंग दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गर्दै युएईलाई खेलमा फर्काए। ३८ बलमा ३२ रनको इनिंग खेल्दै शब्बेर कप्तान पारस खड्काको शिकार बने।

त्यस पछिका थप ३ विकेट युएईले सस्तैमा गुमाउन पुग्यो। ७ बल खेल्दै नयाँ ब्याट्सम्यान रामिज शेहजाद खाता नखोली आउट हुनपुगे। उनि ललित राजबंशीको शिकार बने। नेपाली राष्ट्रिय टोलिमा आफ्नो पहिलो खेल खेलिरहेका राजबंशीले आफ्नो दोस्रो विकेट स्वरूप ओपनर अश्फाक अहमदलाई आउट गरे। अहमदले व्यक्तिगत ४२ रन जोड्न भ्याए। युएईले थप ८ रन जोड्दा शैमन अनवरपनि पभेलियन फर्किए। त्यसबखत युएईको स्कोर ९८/५ थियो।

छैठौ विकेटका लागि भने युएईका मोहम्मद उस्मान र एडनन् मुफ्तीले ६५ रन जोडेपछि युएई पुन खेलमा फर्कियो। उस्मानले व्यक्तिगत २६ रन जोड्दा मुफ्तीले भने २६ बलमा ४ चौका सहित ३७ रन जोड्न भ्याए।

नेपालको बलिंगमा बायाँ हाते पेसर ललित भण्डारीले ४ विकेट चट्काए। आफ्नो ६ ओभरको स्पेलमा ललितले ४० रन खर्चंदा ४ विकेट हात पारेका थिए। उनको नाममा युएईका कप्तान रोहन मुस्तफा सहित शैमान अनवर, मोहम्मद उस्मान र मोहम्माद बुटाको विकेट रह्यो। यसअघि नामिबियामा सम्पन्न आइसीसी विश्वक्रिकेट लिग डिभिजन-२ को नेपाली टोलिमा परेका ललितले डिभिजन-२ प्रतियोगितामा खेल खेल्ने भने मौका पाएका थिएनन्।

नेपालको बलिंगमा करन केसीले ३ र राष्ट्रिय टोलिबाट आफ्नो पहिलो खेल खेलेका ललित नारायण राजबंशीले २ विकेट हातपारे। ५ ओभरको स्पेलमा ललितले ३० रन खर्चेर २ विकेट हात पारे।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]