युएईसंग हारको कारण के भन्छन् कप्तान सन्दिप

ओमानमा जारी चार देश सम्मिलित टि-२० सिरिज अन्तर्गत पहिलो खेलमा ओमानलाई पराजित गरेको नेपालले दोश्रो खेलमा शनिवार युएईसंग २५ रनको हार बेहोर्न पुग्यो। अल अमिरात मैदानमा युएईले दिएको १९३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले पुरै २० ओभर ब्याटिंग गरेता पनि ५ विकेट क्षेतीमा १६७ रन मात्र बनाउन सक्यो।

हारपछि प्रतिक्रिया दिने क्रममा कप्तान सन्दिप लामिछानेले क्षमता अनुसार बलिंग गर्न नसकेको र ओमानलाई २० रन बढी दिएको बताए- “पहिलो ओभर देखिनै मलाई लाग्छ, हामीले क्षमता अनुरुप बलिंग गर्न सकेनौ। हामीले उनीहरुलाई १७० देखि १७५ सम्म मा समेट्न समेट्न सक्नु पर्थ्यो।

खेलमा शाहब आलमले १ विकेट लिएता पनि ३५ रन खर्चिए भने ओपनिंग पेसर कमल सिंह ऐरीले विकेटविहिन रहँदै ४ ओभरमा ४२ रन खर्चिए। एक ओभर मात्र बलिंग गरेका बिबेक यादवले २० रन खार्चिये भने जितेन्द्र मुखिया विकेटविहिन रहँदै ३ ओभरमा २५ रन खर्चिए। आरिफ शेख र शरद भेसावकरले पनि २ ओभर बलिंग गर्दा क्रमशः १७ र १६ रन खर्चिए। सन्दिप लामिछाने ( ४ ओभरमा २३ रन ) बाहेक अन्य बलरले ६ रन प्रतिओभर भन्दा बढी रन खर्चिए।

खेलमा नेपालले ८ जना फरक बलर प्रयोग गरेको थियो। त्यसको पछाडीको कारण बताउदै सन्दिपले विश्वकप छनोट अघि बलरहरुको टेस्ट गरेको बताए –

“ठूलो प्रतियोगितामा अघि बढ्दै गर्दा हामि सबै खेलाडीहरुलाई हेर्न र टेस्ट गर्न चाहन्छौँ जुन हामीले हिजो पनि गरेका थियौं। राम्रो कुरा यो हो कि सबैले आफ्नो जिम्मेवारी लिईरहेका छन् तर कहिलेकाहीं यता उता हुन्छ र तपाईले चाहे जस्तो हुँदैन।” अघिल्लो खेलमा पनि नेपालले ७ जना बलर प्रयोग गरेको थियो।

उनले विकेट ब्याटिंगको लागि राम्रो रहेको बताए – “ब्याटिंगको हिसाबले हेर्दा विकेट ब्याटिंगको लागि राम्रो थियो , हामीले आगामी खेलमा अझै सुधार गर्नुपर्छ।”

सन्दिपले कुशल भुर्तेल र कुशल मल्ल फिट नहुँदा नखेलेको र आयरल्याण्डसंग सोमबार खेल्ने विश्वास गरे। यस्तै उनले लोकेश बमको ब्याटिंगको तारिफ गरे र भूमिका निभाएको बताए। उनले आगामी खेलमा बलिंग, ब्याटिंग र फिल्डिंग तिनवटै क्षेत्रमा सुधार गर्नुपर्ने बताए। आयरल्याण्डसंग नेपालले आफ्नो उत्कृस्ट टिम खेलाउन प्रयास गर्ने उनले बताए।

सिरिज अन्तर्गत नेपालले अन्तिम खेलमा आयरल्याण्डसंग सोमबार खेल्नेछ। त्यसपछि नेपालले ओमानमा फेब्रुअरी १७ तारिख देखि टि-ट्वान्टी विश्वकप छनोट खेल्नेछ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]