युगान्डामाथि वेस्ट इन्डिजको सहज जित

काठमाडौं । वेस्ट इन्डिजले अमेरिका तथा घरेलु भुमीमा जारी नवौं संस्करणको टी-२० विश्वकपको अठारौं खेलमा युगान्डामाथि सहज जित निकालेको छ ।

वेस्ट इन्डिजले गुयनामा भएको खेलमा घरेलु टोलीले १ सय ३४ रनको शानदार जित हात पारेको हो ।

वेस्ट इन्डिजले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको युगान्डाले १२ औं ओभरको अन्तिम बलमा अल आउट हुँदै ३९ रन मात्र जोड्न सफल रह्यो ।

युगान्डाका लागि जुम्मा मुयोङ्गीले २० बलमा अविजित १३ रन बनाउँनु बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

वेस्ट इन्डिजका लागि अकिल होसेनले ४ ओभरमा ११ रन खर्चिएर ५ विकेट लिए । अल्जारी जोसेप दुई तथा गुणकेश मोटी, रोमारियो शेर्फड र आन्द्रे रसलले समान एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेकोमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि जोहसन चार्ल्सले ४१ बलमा ४४ तथा शेरफन रादरफोर्डले १६ बलमा २२ रन बनाए । आन्द्रे रसलले १७ बलमा ६ चौकाको सहयोगमा अविजित ३० रन बनाए । कप्तान रोभमन पावेलले २३ तथा निकोलस पुरनले २२ रन बनाए ।

युगान्डाका लागि ब्रायन मसावाले दुई तथा अल्पेश रामजानी, कसमस कईवाता, दीनेश नकरानीले समान एक एक विकेट लिए ।

दुई खेल खेल्दै अपराजित रहेको वेस्ट इन्डिज समूह सी को दोस्रो स्थानमा छ । युगान्डा भने तेस्रो खेलमा दोस्रो हारका साथ तेस्रो स्थानमा छ ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]