युनिभर्सिटी कप मंगलबार देखि

University Cup Cricket
  • विकेटनेपाल, २१ चैत 

युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा चैत्र २२ गते भोलि देखि त्रिभुवन विश्वबिध्यालय क्रिकेट मैदानमा युनिभर्सिटी कप क्रिकेट आयोजना हुने भएको छ l

उपत्यका भित्रका १६ वटा कलेजहरुले सहभागिता जनाउने प्रतियोगिता चैत्र २२ देखि २९ गतेसम्म आयोजना हुनेछ l

स्पन्सर स्पोर्ट्स ड्रिंकले मुख्य प्रायोजन गरेको प्रतियोगिताको बिजेता टोलिले रु. १ लाख र उपविजेताले रु. ५० हजार प्राप्त गर्नेछन् भने उत्कृस्ट हुने खेलाडीहरुलाई खेल सामग्री प्रदान गरिनेछ l

प्रतियोगितामा उत्कृस्ट हुने ५ जना खेलाडी तथा उदयमान अन्य ३ जना खेलाडीलाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले १ बर्षसम्म निशुल्क क्रिकेट प्रशिक्षण र प्रतियोगिताहरु खेलाइने समेत बताईएको छ l

अनुमानित बजेट १० लाख रहेको प्रतियोगितामा उत्कृस्ट हुने टोलिलाई विदेशमा हुने अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा समेत सहभागी गराउन क्लबले समन्वय गरिरहेको प्रतियोगिता निर्देशक सुदिप शर्माले बताउनु भएको छ l आगामी बर्ष देखि युनिभर्सिटी स्तरको लिग आयोजना गर्ने तयारी समेत भइरहेको शर्माले पत्रकार सम्मेलनमा बताए l

सहभागी टिमहरु :- 

त्रिभुवन विश्वविद्यालय, नेपाल इञ्जिनियरिङ कलेज ( ए ) , नेपाल इञ्जिनियरिङ कलेज ( बि ), शहीद स्मारक क्याम्पस, पाटन संयुक्त क्याम्पस, निस्ट कलेज, ग्लोवल कलेज, राजर्षी क्याम्पस, सेन्ट लरेन्स कलेज, शंकरदेव क्याम्पस, पाटन एकेडेमी अफ हेल्थ साइन्स, कसकस कलेज, नेपाल कमर्स क्याम्पस, गोल्डेन गेट कलेज, के एण्ड के क्याम्पस,  काठमाडौं विश्वबिद्यालय


खेल तालिका : 

MATCH NO TIME FIXTURES
1 9:00 TU vs NEC ‘B’
2 12:30 Global vs NEC’A’
3 9:00 Patan Multiple campus VS NIST
4 12:30 PAHS vs SS College
5 9:00 St. Lawrence vs Shankar Dev
6 12:30 Cosmos vs NCC
7 9:00 KU vs Golden Gate
8 12:30 Rajarshi vs K&K
1st QF 9:00 Winner of Match No. 1 Vs Winner of Match No. 3

 

2nd QF 12:30 Winner of Match No.2 Vs Winner of Match No. 5
3rd QF 9:00 Winner of Match No. 4 Vs Winner of Match No. 6
4th QF 12:30 Winner of Match No.7 Vs Winner of Match No. 8
1st SF 9:00 Winner of 1st QF Vs Winner of 2nd QF
2nd SF 12:30 Winner of 3rd QF Vs Winner of 4th QF

 

Final TBC Winner of Semi Final1 Vs Winner of Semi Final2

 

https://www.youtube.com/watch?v=qlP5vaPn3Y8





थप समाचार

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]