अमेरिकामा पूर्व राष्ट्रिय क्रिकेटर सम्मिलित ‘नेपाली राइनोज अल-स्टार्स’ क्लब स्थापना

अमेरिकामा क्रिकेट गतिविधिमा संलग्न हुने तथा नेपाली युवा क्रिकेटहरुको प्रवर्द्धन गर्ने उद्देश्यका साथ अमेरिकामा बसोबास गरिरहेका राष्ट्रिय क्रिकेटरहरु सहितको समुहले ‘नेपाली राइनोज अल-स्टार्स’ क्लबको स्थापना गरेका छन्।

क्लबमा पूर्व राष्ट्रिय क्रिकेटर कनिस्क चौगाईं कप्तान रहेका छन् भने टिम व्यवस्थापकमा अर्का पूर्व राष्ट्रिय क्रिकेटर बरदान चालिसे, आशिक लामा र सन्जय शर्मा रहेका छन्। अर्का पूर्व राष्ट्रिय क्रिकेटर बन्टु बटाजु र अनुनय बस्न्यात व्यवस्थापन निर्देशकको भूमिकामा रहनेछन्।

यस अघि अमेरिकामा सक्रिय रहँदै आएको नेपाली राइनोज क्रिकेट क्लबमा व्यवस्थापकीय जटिलता देखिएपछि नयाँ क्लबको स्थापना गर्नुपरेको क्लबका सदस्य आशिक लामाले जानकारी गराए। नेपाली राइनोजको संस्थापक रहेका उत्सव सिग्देल, रभी थापालाई पनि अल स्टार्समा जोड्ने प्रयास भइरहेको उनले बताए।

माथिल्लो क्रम ( बरदान चालिसे, कनिस्क चौगाईं र बन्टु बटाजु ) , तल्लो क्रम ( संजय शर्मा, अनुनय बस्न्यात र आशिक लामा )

“हाल अमेरिकामा बसोवास गर्नु हुने तथा पहिले नेपाली क्रिकेटसंग आवद्ध रहनु भएका खेलाडी तथा व्यक्तित्वहरुलाई क्लबसंग जोड्ने प्रयास गरिरहेका छौँ। हाम्रो टिममा नेपालको राष्ट्रिय क्रिकेटरहरुको संलग्नता रहेकोले नाम अल स्टार्स रोजेका छौँ। संस्थापक सदस्यहरुलाई समान जिम्मेवारी दिएर तथा आर्थिक पारदर्शीता राख्दै क्लब सुरु गरेका छौँ। हामीले बिगतमा पनि अमेरिकाको बिभिन्न क्रिकेट प्रतियोगितामा सहभागी हुँदै आएका छौँ र नेपाली क्रिकेटलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गरिरहेका छौँ जसलाई निरन्तरता दिनेछौँ।” लामाले बताए।

लामा संस्थापक सदस्य रहेको नेपाली राइनोज क्लबले सन् २०१६ मा अमेरिकाको टु-एक्स क्रिकेट प्रतियोगिता जित्न सफल भएको थियो। तत्कालिन राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का सहित वर्तमान कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, बसन्त रेग्मी, सुबास खकुरेल, सोमपाल कामि, पृथु बास्कोटा र सिद्धान्त लोहनी त्यसबेला क्लबको प्रतिनिधित्व गरेका थिए। त्यस बाहेक क्लबले अमेरिकाको डलास प्रिमियर लिग, युएस ओपन जस्ता प्रतियोगितामा सहभागिता जनाएको थियो भने नेपाली क्रिकेटको सहयोगार्थ आर्थिक सहयोग समेत गरेको थियो। सोहि कार्यहरुलाई अल स्टार्सले पनि निरन्तरता दिने प्रतिवद्धता लामाले व्यक्त गरे।

क्लबको स्थापनासंगै राष्ट्रिय क्रिकेटर सन्दिप लामिछानेले सुरु गरेको कोभिड-१९ नियन्त्रणको लागि आर्थिक अभियानको लागि नेपाली राइनोज अल-स्टार्स’ क्लबले १ हजार डलर आर्थिक सहयोग गर्ने लामाले बताए। सन्दिपले व्यक्तिगत ३ लाख सहयोग गर्दै अभियान सुरु गरेका हुन्। 

सम्बन्धित 

पूर्व राष्ट्रिय क्रिकेटर चौगाईं अमेरिकाको क्षेत्रीय प्रशिक्षण टिममा

नेपाली राइनोजलाई होस्टन ओपनको उपाधि, ४० हजार डलर पुरस्कार जित्न सफल

श्रीलंका बिरुद्ध बंगलादेशको ऐतिहासिक सिरिज जित

मेहबुब आलमले विश्वचकित बनाएको दिन

सन्दिप नाइट राइडर्सबाट सिपिएल खेल्ने पक्का, को-को छन् टिममा





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]