दीपकको शानदार शतकमा भक्तपुरको विजयी सुरुआत

काठमाडौं । अलराउन्डर दीपक बोहराको शानदार शतकको सहयोगमा भक्तपुर क्रिकेट एकेडेमिले एनसीएसएस कप उपत्यकाव्यापी क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा बलपार्क स्पोट्स एन्ड इभेन्ट एकेडेमीमाथी १९ रनको जित निकालेको हो ।

पहिले ब्याटिङ गरेको भक्तपुरले दीपक बोहराको शतकमा २० ओभरमा ४ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो ।

भक्तपुरका लागि बोहराले ६४ बलमा अविजित १ सय १२ तथा आयुष्मान बमले १२ बलमा १९ रन बनाएका थिए ।

बलपार्कका लागि तिलकराज भन्डारी, पंकज पान्डे र प्रसिद्ध ब्रजचार्यले समान १/१ विकेट लिएका थिए ।

भक्तपुरले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको बलपार्कले १३ ओभरमा ३ विकेट गुमाएर १ सय ६ रन बनाएको अवस्थामा भारी वर्षाका कारण खेल रोकिएपछि भक्तपुर १९ रनले विजयी भयो ।

वर्षा खेल रोकिनु अघि सम्म विवेक राना मगरले ३६ बलमा ३४ तथा रवि शाहले ३२ बलमा २८ रन बनाएका थिए ।

भक्तपुरका लागि विकास आग्री, अमरसिंह राउटेला र दीपक बोहराले समान १/१ विकेट लिएका थिए ।

प्रतियोगिता भक्तपुर जिल्ला क्रिकेट संघको आयोजनामा १९ गतेसम्म जारी रहने छ । प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ तीन टोलीको सहभागिता रहनेछ।

पुरुषतर्फ भक्तपुर क्रिकेट सेन्टर, भक्तपुर क्रिकेट एक्सिलेन्ट सेन्टर, बल पार्क स्पोर्टस इभेन्ट एन्ड एकेडेमी ललितपुर, ग्रेट हिमालयन क्रिकेट एकेडेमी ललितपुर, क्रिकेट एक्ससिलेन्ट सेन्टर काठमाडौं र ओसिस क्रिकेट एकेडेमी काठमाडौं सहभागी हुनेछन् ।

पुरुषतर्फका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको आयोजकले जनाएको छ ।

यसैगरी महिलातर्फ काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला क्रिकेट संघको सहभागिता रहनेछ ।

प्रतियोगिताको सम्पूर्ण खेलहरु मुलपानी क्रिकेट मैदानमा हुनेछ। महिला र पुरुष दुवैतर्फका विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]