यस्ता छन् बर्ष २०१७ मा कोहलीले तोडेका ५ बिश्व रेकर्ड

virat kohli
  • विकेटनेपाल, १८ पौष- मंगलबार

भारतीय कप्तान विराट कोहलीका लागि सन् २०१७ सुखद बर्ष रह्यो। बर्षको अन्त्य तिर श्रीलंका बिरुद्धको टि-२० र एक दिवसीय सिरिजमा बिश्राम लिनुका बाबजुद कोहलीले यो बर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने उपलब्धि हाँसिल गरे। लगातार रुपमा २ बर्ष यो उचाई हासिल गरेका कोहलीले यस बर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा २,५०० भन्दा बढी रन बनाए। यस क्रममा उनले थुप्रै विश्व किर्तीमान समेत आफ्नो नाम गरे। यी हुन् बर्ष २०१७ मा कोहलीले आफ्नो नाम गरेका शिर्ष ५ बिश्व किर्तिमान :- 

कप्तानको रुपमा एकै बर्ष सर्बाधिक रन

बिगत दस बर्षदेखि एक बर्षमा कप्तान द्वारा बनाईएको सर्वाधिक एक दिवसीय रनको रेकर्ड अष्ट्रेलियाका पुर्व कप्तान रिक्की पोंटिंगको नाममा थियो। सन् २००७ मा उनले एक दिवसीय क्रिकेटमा १,४२४ रन बनाएका थिए। दस बर्षसम्म नतोडीएको यस रेकर्डलाई कोहलीले यस बर्ष सहजताका साथ तोडे। सन् २०१७ मा खेलेका २६ एकदिवसीय खेलमा कोहलीले ७५ को औसतमा १,४६० रन बनाए। त्यसक्रममा उनले ९९ को स्ट्राईक रेटमा ब्याटिंग गर्दै ६ शतक र ७ अर्धशतक समेत प्रहार गरे भने सबैभन्दा धेरै एक दिवसीय शतक प्रहार गर्ने ब्याट्सम्यानको सुचीमा समेत पोंटिंगलाई पछी छाड्दै दोश्रो स्थानमा उक्लिए।

टेस्टमा सर्वाधिक दोहोरो शतक बनाउने कप्तान 

सन् २०१५ मा भारतको टेस्ट कप्तानका रुपमा नियुक्त भएका कोहलीले यस बर्ष टेस्ट क्रिकेटमा सर्वाधिक दोहोरो शतक बनाउने कप्तानको किर्तिमान आफ्नो नाममा पारे। टेस्ट कप्तान बनेको दोश्रो बर्षनै सन् २०१६ मा टेस्ट क्रिकेटमा ३ पटक दोहोरो शतक बनाएका कोहलीले २०१७ मा थप ३ दोहोरो शतक प्रहार गरे। श्रीलंका बिरुद्ध नागपुरमा भएको टेस्टमा दोहोरो शतक प्रहार गर्दै कोहली सर्वाधिक दोहोरो शतक बनाउने कप्तान बने। यसक्रममा उनले वेस्ट ईन्डिजका महान ब्याट्समेन ब्रायन लारालाई पछि छाडे। कोहलीले आफ्नो टेस्ट क्यारियरको छैठौं दोहोरो शतक कप्तान बनेको मात्र ५० इनिंगमा पुरा गरे। लारालाई कप्तान स्वरूप पाँचौ दोहोरो शतक बनाउन ८५ इनिंग लागेको थियो।

सबैभन्दा छिटो ८,००० र ९,००० रन पुरा गर्ने किर्तिमान 

सन् २०१७ मा विराटले एक दिवसीय क्रिकेटमा सबैभन्दा छिटो ८ हजार र ९ हजार रन पुरा गर्ने किर्तिमान आफ्नो नाम गरे। बंगलादेश बिरुद्ध आईसीसी च्याम्पियन्स ट्रफीको सेमी फाईनल खेलका क्रममा उनले सबैभन्दा छिटो ८ हजार पुरा गर्ने किर्तिमान आफ्नो नाम गरे। कोहलीले १७५ इनिंगमा यो उचाई हाँसिल गरे भने यसअघि यहि किर्तिमान दक्षिण अफ्रिकाका एबी डी भिल्लीयर्सको नाममा रहेको थियो। त्यस्तै १९४ इनिंगमा उनले सबैभन्दा छिटो ९ हजार रन पुरागर्ने किर्तिमान समेत हासिल गरे। यो रेकर्डपनि यसअघि एबी डी भिल्लीययर्सकै नाममा रहेको थियो।

Virat Kohli, India vs Sri Lanka 1st test 2017, Century,
Image credit: PTI

कप्तानको रुपमा एकै बर्ष सर्वाधिक शतक 

सन् २०१७ मा विराट कोहली रिक्की पोंटिंगको नाममा रहेको अर्को एउटा किर्तिमान तोड्न सफल भए। सन् २००५ मा रिक्की पोंटिंगले आफ्नो क्यारियरको उचाईमा भएका बखत, एक बर्षमा सर्वाधिक शतक बनाउने कप्तानको किर्तिमान कायम गरेका थिए। त्यस समय पोंटिंगले बनाएको ९ शतकको किर्तिमान १२ बर्ष पछि भारतीय कप्तान कोहली तोड्न सफल भए। २०१७ मा ११ शतक बनाएका कोहली, सचिन तेन्दुलकरको नाममा रहेको एक बर्षमा बनाईएको सर्वाधिक शतकको किर्तिमान बनाउनबाट भने एक शतकले चुके।

टेस्ट क्रिकेटमा लगातार शतक र दोहोरो शतकको किर्तिमान 

२०१७ मा हैदराबादमा सम्पन्न बंगलादेश बिरुद्धको टेस्टमा दोहोर शतक बनाएसंगै कोहली लगातार ४ टेस्ट सिरिजमा दोहोरो शतक बनाउने पहिलो खेलाडी बने। यसअघि अन्य कुनैपनि खेलाडीले यस्तो गर्न सकेका थिएनन्। त्यस्तै कोहलीले २०१७ को अन्त्यमा श्रीलंका विरुद्धको टेस्ट शृंखलामा लगातार शतक प्रहार गर्दै ३ टेस्टको शृंखलामा ३ लगातार शतक बनाउने पहिलो कप्तान समेत बन्न पुगे ।

सम्बन्धित अन्य खबर – 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]