मध्यपश्चिमाञ्चल सेमीफाइनलमा, ६२ रनमै समेटियो मध्यपश्चिमाञ्चल

bipin khatri
  • विकेटनेपाल- १७ जेठ

पश्चिमाञ्चल विकास क्षेत्रले राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेटमा दोस्रो जित हात पार्दै सेमीफाइनलमा स्थान बनाएको छ । बिहीबार भएको खेलमा मध्यपश्चिमाञ्चललाई ९ विकेटले पराजित गर्दै पश्चिमाञ्चलले लगातार दोस्रो जित निकालेको हो । ( स्कोरकार्ड )

कीर्तिपुरस्थित टियु मैदानमा मध्यपश्चिमाञ्चलले दिएको ६३ रनको झिनो लक्ष्य पश्चिमाञ्चलले ११ ओभर १ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्यो । पश्चिमाञ्चलको जितमा अनिल गुरुङले २३, सौरभ खनालले २० तथा नुरध्वज सेनले १९ रनमा अविजित रहे ।

यसअघि टस जितेर ब्याटिङ रोजेको मध्यपश्चिम २३ ओभरमा ६२ रनमै अलआउट भयो । उसका लागि कप्तान सुबेन्दु पाण्डे, राजवीर सिंह र अमरसिंह रौतेलाले समान १३/१३ रन जोडे ।

मध्यपश्चिमलाई सस्तैमा समेट्ने क्रममा पश्चिमाञ्चलका विपिन खत्री र लाल अधिकारीले समान ४/४ विकेट लिए भने कृष्ण कार्कीले २ विकेट लिए ।

 





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]