सहज जितको साथ वेस्टर्न ‘ए’ डिभिजनमा : रुपन्देही सुपर लिग

  • विकेटनेपाल – भैरहवा, १३ माघ

लुम्विनी कासाई क्रीकेट क्वल लुम्विनीलाई १ सय १३ रनको फराकिलो अन्तरले हराउदै वेस्टर्न क्रीकेट क्लव बुटवल जारी नेपाल टेलिकम रुपन्देही सुपरलिगको ‘ए’ डिभीजनमा प्रबेश गरेको छ ।

भैरहवा स्थित शिद्धार्थ रंगशालामा भएको जारी नेपाल टेलीकम रुपन्देही सुपर लिगमा बिहीबार भएको खेलमा कसाईका खेलाडीहरुले राम्रो प्रदर्शन गर्न सकेनन् ।

टस जितेर पहिले ब्याटिंग गरेको वेस्टनले ४० ओभरको खेलमा ३४.२ ओभरमा १ सय १४ रन बनायो l उक्त लक्ष्य पछ्याउने क्रममा कासाई २५ दसमलव २ ओभरमा ८२ रनमा अल-आउट भएपछि वेस्टर्नले सहजै जित हासिल गरेको हो । वेस्टर्नका लागि देव खनालले ३१, भुवन पाण्डेले ३३ र राहुल कुमारले २८ रन बनाएका थिए । बलिंग तर्फ कासाईका महमद हुसेनले ४, सेस मान खाँनले ३ विकेट लिएका थिए ।

कासाईकालागी महेस मिश्राले २२ र गोनु चौरासियाले १२ रन बनाएका थिए । वेस्टर्नका सुभास बिकले ४, केसव पौडेलले ३ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच बेस्टनका देव खानाल घोषीत भए l

नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा जारी प्रतियोगिता अन्तरगर्त आगामी माघ १७ गते हुने अवको प्रतियोगीतामा स्टार क्रीकेट क्लव भैरहवा र बुटवल ११ बुटवल बिच प्रतिस्पर्धा हुने छ । फागुन ४ गते सम्म सचांलन हुने प्रतियोगीतामा तिन दिन बिश्राम लिइएको हो ।

अहिले डिभीजन ‘बि’ मा रहेका क्रीकेट क्लवहरु बिच खेल भईरहेका छन् । प्रतियोगीताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृस्त खेलाडीले १० हजार, उत्कृस्त बलर र उत्कृस्त ब्याट्सम्यानल दुबैले ५/५ हजार नगद पुरस्कार पाउने छन् । प्रतोयोगितामा रुपन्देहीका आठ बटा ए डिविजन क्लब र १२ बटा बि डिभीजनका क्लबहरुले भाग लिएका छन् ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]