सहज जितको साथ वेस्टर्न ‘ए’ डिभिजनमा : रुपन्देही सुपर लिग

  • विकेटनेपाल – भैरहवा, १३ माघ

लुम्विनी कासाई क्रीकेट क्वल लुम्विनीलाई १ सय १३ रनको फराकिलो अन्तरले हराउदै वेस्टर्न क्रीकेट क्लव बुटवल जारी नेपाल टेलिकम रुपन्देही सुपरलिगको ‘ए’ डिभीजनमा प्रबेश गरेको छ ।

भैरहवा स्थित शिद्धार्थ रंगशालामा भएको जारी नेपाल टेलीकम रुपन्देही सुपर लिगमा बिहीबार भएको खेलमा कसाईका खेलाडीहरुले राम्रो प्रदर्शन गर्न सकेनन् ।

टस जितेर पहिले ब्याटिंग गरेको वेस्टनले ४० ओभरको खेलमा ३४.२ ओभरमा १ सय १४ रन बनायो l उक्त लक्ष्य पछ्याउने क्रममा कासाई २५ दसमलव २ ओभरमा ८२ रनमा अल-आउट भएपछि वेस्टर्नले सहजै जित हासिल गरेको हो । वेस्टर्नका लागि देव खनालले ३१, भुवन पाण्डेले ३३ र राहुल कुमारले २८ रन बनाएका थिए । बलिंग तर्फ कासाईका महमद हुसेनले ४, सेस मान खाँनले ३ विकेट लिएका थिए ।

कासाईकालागी महेस मिश्राले २२ र गोनु चौरासियाले १२ रन बनाएका थिए । वेस्टर्नका सुभास बिकले ४, केसव पौडेलले ३ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच बेस्टनका देव खानाल घोषीत भए l

नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा जारी प्रतियोगिता अन्तरगर्त आगामी माघ १७ गते हुने अवको प्रतियोगीतामा स्टार क्रीकेट क्लव भैरहवा र बुटवल ११ बुटवल बिच प्रतिस्पर्धा हुने छ । फागुन ४ गते सम्म सचांलन हुने प्रतियोगीतामा तिन दिन बिश्राम लिइएको हो ।

अहिले डिभीजन ‘बि’ मा रहेका क्रीकेट क्लवहरु बिच खेल भईरहेका छन् । प्रतियोगीताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृस्त खेलाडीले १० हजार, उत्कृस्त बलर र उत्कृस्त ब्याट्सम्यानल दुबैले ५/५ हजार नगद पुरस्कार पाउने छन् । प्रतोयोगितामा रुपन्देहीका आठ बटा ए डिविजन क्लब र १२ बटा बि डिभीजनका क्लबहरुले भाग लिएका छन् ।

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy