को हुन् नेपाल आएका यी हाई-प्रोफाइल प्रशिक्षक ?

Monty Desai with Rahul Dravid
  • विकेटनेपाल, भदौ १२

एसीसी यु-१९ ( पूर्वी क्षेत्र ) प्रतियोगिताको लागि तयारी गरिरहेको नेपाली यु-१९ रास्ट्रिय क्रिकेट टिमको ब्याटिंग कन्सल्टेन्टको रुपमा प्रशिक्षक मोन्टि देसाई आज नेपाल आइपुगेका छन् l

८ बर्ष इन्डियन प्रिमियर लिगसंग जोडिएका देसाई आईपीएल टिम राजस्थान रोयल्स तथा गुजरात लायन्सको प्रशिक्षक तथा ट्यालेन्ट स्काउट ( प्रतिभा खोजकर्ता ) रहीसकेका छन् l नेपालमा १० दिन बस्ने देसाईले यो क्रममा नेपाली यु-१९ रास्ट्रिय क्रिकेट टिमको ब्याटिंगलाई उकास्ने प्रयास गर्नेछन् l

नेपालले मलेसियामा सेप्टेम्बर ८ देखि १७ तारिकसम्म संचालन हुने एसीसी यु-१९ ( पूर्वी क्षेत्र  ) प्रतियोगितामा सहभागित जनाउदै छ l नेपाल सहित आयोजक मलेसिया सहित सिंगापुर, थाईल्याण्ड, भुटान, हंगकंग, चिन र म्यानमार खेल्दै छन् l प्रतियोगितामा उत्कृस्ट हुने २ टिम नोभेम्बरमा मलेसियामा हुने भनिएको यु-१९ एसिया कपमा छनौट छनौट हुनेछ l

राहुल द्रविडसंग देसाई

को हुन् देसाई ? 

आईपीएल टिम राजस्थान रोयल्स र गुजरात लायन्सको प्रशिक्षण तथा प्रतिभा प्रस्फुटक रहीसकेका देसाईले ८ बर्ष आईपीएलसंग जोडिने क्रममा धेरै नयाँ प्रतिभा जन्माउने श्रेय पाएका छन् l राजस्थान रोयल्सलाई नाम नचलेका खेलाडी रहनुका बाबजुत पहिलो आईपीएल उपाधि जिताउनुमा देसाईको योगदान महत्वपूर्ण मानिने गर्छ l  प्रविण ताम्बे, संजु स्यामसन, कामरान खान, अजित चण्डीला जस्ता आईपीएल खेलाडीहरु उनकै खोज हुन् l

सन् २०१२ मा शक्ति गौचनलाई राजस्थान रोयल्समा ट्रायलको लागि देसाईले बोलाएका थिए l  त्यसपछि २०१२ मा पृथु बास्कोटा र प्रदिप ऐरीलाई १ महिना भारतमा ब्याटिंग बिशेष प्रशिक्षण दिलाएका थिए l यस्तै भुवन कार्कीलाई २०१३ मा राजस्थान रोयल्सको ट्रेनिंग क्याम्पमा बोलाएका थिए l

सन् २०१२ मा शक्ति गौचनलाई राजस्थान रोयल्समा ट्रायलको लागि देसाईले बोलाएका थिए l

सन् २०१५ मा आयरल्याण्ड र स्कटल्याण्डमा सम्पन्न टि-२० बिश्वकप छनौटमा समेत प्रशिक्षक देसाई नेपाली टिमको ब्याटिंग कन्सल्टेन्टको भूमिकामा थिए l नेपाल लगायत, क्यानाडा, बर्मुडा, अमेरिका जस्ता देशसंग देसाईले काम गरिसकेका छन् l

पुर्ब प्रशिक्षक पुबुदु दासानायकेसंग राम्रो सम्बन्ध भएका उनले दासानायकेको प्रशिक्षणकालमा नेपाली खेलाडीहरुलाई बारम्बार सहयोग गरेका थिए l सन् २०११ बिश्वकपमा दासानायके क्यानडाको प्रशिक्षक रहंदा देसाईले उनलाई सघाएका थिए l राहुल द्रविड, एन्डी फ्लावर, जोन्टि रोड्स लगायत प्रशिक्षकहरुसंग समेत देसाईले काम गरिसकेका छन् l

प्रशिक्षणको लेभल ३ कोर्स उतिर्ण देसाई सन् २००८ देखि २०१२ सम्म इंग्ल्याण्डले भारत भ्रमण गर्दै इंग्ल्याण्ड प्रशिक्षक एन्डी फ्लावरलाई सघाएका थिए l इंग्ल्याण्ड काउन्टी क्लबहरुसंग समेत उनले काम गरिसकेका छन् l

 

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]