२ बर्ष पछि मैदानमा नेपाली महिला टिम

Nepal womens cricket team

महिला विश्वकप छनौट प्रतियोगिताको लागि एसिया छनौट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल हंगकंग संग अक्टोबर ९ तारिकमा खेल्नेछ l

डबल राउण्ड रोबिन फर्म्याटमा आयोजना हुने प्रतियोगितामा नेपाल सहित आयोजक हंगकंग, चिन र थाईल्याण्डले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् l प्रतियोगिताको बिजेता टोलिले  अर्को बर्ष महिला बिश्वकप ग्लोबल छनौट प्रतियोगितामा खेल्ने मौका पाउनेछ l

प्रतियोगितामा नेपालको खेल तालिका : 

९ अक्टोबर  : हंगकंग संग
१० अक्टोबर : थाईल्याण्ड संग
११ अक्टोबर : चिन संग
१३ अक्टोबर : हंगकंग संग
१४ अक्टोबर : थाईल्याण्ड संग
१५ अक्टोबर : चिन संग

नेपाली महिला टोलि २ बर्ष अघि दक्षिण कोरियामा संचालित एसियन गेम्स प्रतियोगिता पछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ l

नेपाली टिमको कप्तानी यसपाली पनि रुबिना क्षेत्रीले गर्नेछिन् भने प्रशिक्षण राजु बस्नेतले गर्दै छन् l

नेपाली टिम : 

रुबिना क्षेत्री ( कप्तान ) , सिता राना मगर ( उप-कप्तान ) , नेरी थापा , निर्मला शाही, निरा राजोपाध्याय, इन्दु बर्मा, रश्मि शर्मा चौलागाई, रोशनी बोहरा, सबनम राई, करुणा भण्डारी, सरिता मगर, सरस्वति चौधरी, काजोल श्रेष्ठ , ज्योति पाण्डे

 





थप समाचार

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]

इशानकाे आक्रामक शतकमा राजस्थानलाई २८७ रनको लक्ष्य

काठमाडौँ । मध्य क्रमका ब्याटर इशान किसनकाे आक्रामक शतकमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) नयाँ सिजनको पहिलो खेलमा राजस्थान […]

एपीएफ ३१ रनले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ। […]

कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि ३१ रनको जित हासिल गरेको छ। देउखुरी […]