सप्तरीमा महिला क्रिकेट टि-२० लिग आयोजना हुने

( फिचर फोटो – गत वर्ष पुषमा सप्तरीमा आयोजना भएको महिला क्रिकेट खेलको विजेता टिम)

गत वर्ष देखि सप्तरी प्रिमियर लिग टि-२० प्रतियोगिताको थालनी भएको सप्तरीमा अब महिला क्रिकेटको समेत टि-२० लिग आयोजना हुने भएको छ।

सप्तरी प्रिमियर लिग टि-२० ( पुरुष )  को दोश्रो संस्करण असारमा आयोजना हुने बताईएको छ जसको लागि खेलाडी चयन अक्सनबाट गरिंदैछ।

महिला क्रिकेटको विकासको लागि समेत अब महिला टि-२० लिग आयोजना गर्न लागिएको सप्तरी जिल्ला क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठले विकेटनेपाललाई जानकारी गराएका छन्।

महिला टि-२० लिग असारको पहिलो साता पबी माध्यमिक विद्यालयको क्रिकेट मैदानमा आयोजना हुने जसको लागि पनि खेलाडी चयन अक्सनबाट गरिने छ।

प्रतियोगिताको आयोजना सबल नेपालले सेभ द चिल्ड्रेन र सप्तरी क्रिकेट संघको सहकार्यमा गर्न लागिएको श्रेष्ठले बताए। महिला टि-२० लिगमा ३ वटा टिम सहभागी हुनेछन् जसको नाम छिट्टै सार्वजनिक गरिनेछ।

लिगको लागि खेलाडी छनौट गर्न  लिंकमा क्लिक गरेर फर्म भर्नसक्नेछन्।

यस अघि पनि सबल नेपालले महिला क्रिकेट खेलाडीहरु उत्पादन गर्न विशेष प्रशिक्षण कार्यक्रम गरेको थियो जसमा राष्ट्रिय क्रिकेट टिमका पुर्व प्रमुख प्रशिक्षक जगत टमाटा तथा मेहबुब आलम जस्ता खेलाडीहरुले प्रशिक्षण दिएका थिए

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]