जिम्बाब्वे टि-२० सिरिजको लागि टिमको घोषणा, बसिरलाई मौका

नेपाल र जिम्बाब्वे ‘ए’ टिम बीच आइतबार देखि सुरु हुने तिन खेलको टि-ट्वान्टी सिरिजको लागि नेपाल क्रिकेट संघ ( क्यान ) ले १७ सदस्यीय टिमको घोषणा गरेको छ।

यस अघि आज देखि तिन वटा एकदिवसीय सिरिज हुने निर्धारण गरिएता पनि वर्षाका कारण पहिलो खेल टस समेत नभई रद्द भएपछि क्यानले खेल तालिका परिवर्तन गर्दै टि-२० सिरिज पहिले गर्ने निर्णय गरेको हो। नयाँ खेल तालिका अनुसार मे १, २ र ४ तारिखमा तिन वटा टि-२० खेलिनेछ भने मे ६, ७ र ९ तारिखमा तिन वटा एकदिवसीयको सिरिज हुनेछ।

क्यानद्वारा घोषित टि-२० टिममा सुनिल धमला, बिक्रम सोब, बिनोद भण्डारी, देव खनाल, सुशन भारि, पवन सर्राफले मौका पाएका छैनन्। पवन बाहेक अन्य खेलाडीहरु एकदिवसीय टिममा छन्।

घोषित टिममा देब्रे हाते स्पिन अलराउण्डर बसिर एहमदले मौका पाएका छन् । बसिर भर्खरै भैरहवामा प्रो क्लब च्याम्पियनसिपमा प्रतियोगिताकै उत्कृस्ट खेलाडी घोषित भएका थिए जुन क्रममा उनले १० विकेट लिनुको साथै ११९ रन पनि बनाएका थिए।  पहिलो पटक राष्ट्रिय टिममा अटाएका एहमदले नेपाली यु-१९ टिमबाट खेलीसकेका छन्। यस्तै टिममा युवा खेलाडीहरु भिम शार्की, लोकेश बम, बिबेक यादव, सागर ढकाललाई निरन्तरता दिईएको छ।

घोषित १७ सदस्यीय नेपाली टिम : सन्दिप लामिछाने ( कप्तान ) , आसिफ सेख ( विकेटकिपर ) , रोहित पौडेल, दिपेद्र ऐरी, आरिफ शेख, आदील अन्सारी, करन केसी, सोमपाल कामि, कुशल भुर्तेल, अविनाश बोहरा, सगर ढकाल, शाहब आलम, किशोर महतो, बिबेक यादव, बसिर एहमद, लोकेश बम, भिम शार्की





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]