टि-२० विश्वकप : रोमान्चक खेलमा बंगलादेशद्वारा जिम्बाब्वे ३ रनले पराजित

अस्ट्रेलियामा जारि टि-२० विश्वकप अन्तर्गत सुपर-१२ चरणको खेलमा बंगलादेशले जिम्बाब्वेलाई ३ रनले पराजित गर्दै दोश्रो जित दर्ता गरेको छ।

ब्रिसबेनमा सम्पन्न खेलमा बंगलादेशले दिएको १५१ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले पुरै २० ओभर ब्याटिंग गरेता पनि ९ विकेट गुमाएर १४७ रन मात्र बनायो।

लक्ष्य पछ्याउने क्रममा जिम्बाब्वेले ३५ रन बनाउदा ४ विकेट गुमायो। पाँचौ विकेटको लागि  सिन विलियम्सले रेगिस चकभासंग ३४ रन जोडे। बाह्रौं ओभरमा १५ रन बनाएका चकभाको विकेट लिंदै तास्किन एहमदले उक्त साझेदारी तोडे। त्यस पछि पनि विलियम्सले एक किनार सम्हाल्दै रायन बर्ल संग साझेदारी गर्दै योगफल सय पार गरे।

जितको लागि अन्तिम ३ ओभरमा ४० रन आवस्यक रह्यो। अठारौं ओभरमा हसन महमुदले १४ रन खर्चिए। उन्नाईसौं ओभरमा शाकिब अल हसनले १० रन खर्चिए भने ओभरको चौंथो बलमा हसनले सिन विलियमलाई रन आउट गरे। विलियमले ४२ बलमा ८ चौका मद्दतले ६४ रन बनाए।

अन्तिम ओभरमा जित्न १६ रन आवस्यक रह्यो। मोसद्देक होसेनले पहिलो बलमा लेग बाईको रुपमा १ रन दिए भने दोश्रो बलमा ब्राड इभान्सलाई क्याच आउट पारे। तेश्रो बलमा लेग बाईको रुपमा जिम्बाब्वेले ४ रन पायो। नगरभाले पाँचौ बलमा छक्का प्रहार गरे। अन्तिम २ बलमा जित्न ५ रन आवस्यक रह्यो। पाँचौ बलमा नगरभा स्टम्पिंग आउट भए।

जित्न अन्तिम बलमा ५ रन आवस्यक रह्यो। अन्तिम बल सामना गरेका मुजराबानिलाई होसेनले स्टम्पिंग आउट गरे। तर विकेटकिपर नुरुल हसनले स्टम्पिंग गर्दा स्टम्पको अगाडी हात पहिलेनै लिएर आएको हुँदा उक्त बललाई नो बल घोषित गरियो। बंगलादेशले जितको उत्सब मनाएर दुवै टिम मैदान बाहिरीएपछि टिभी अम्पायरले उक्त निर्णय दिएका थिए।

जिम्बाब्वेले अन्तिम बलमा फ्री हिट पाउँदा ४ रन बनाउने मौका पायो। तर अन्तिम बलमा ब्लेसिंग मुजराबानिले कडा प्रहार गरेता पनि बल छुन सकेनन् र बंगलादेशको जित रोक्न सकेनन्।

रायन बर्ल २७ रनमा अविजित रहेता पनि टिमलाई जित दिलाउन सकेनन्।

बंगलादेशको बलिंगमा मोसद्देक होसेन र तास्किन एहमदले ३ विकेट तथा मुस्तफिजुर रहमानले २ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ७ विकेट क्षेतीमा १५० रन बनायो।

बंगलादेशको लागि ओपनर नज्मुल होसेन शान्टोले सर्वाधिक ७१ रन बनाए जुन क्रममा उनले ५५ बलमा ७ चौका र १ छक्का प्रहार गरे। अफिफ होसेनले २९, शाकिब अल हसनले २३ तथा लिटन दासले १४ रन बनाए। शान्टोले तेश्रो विकेटको लागि शाकिब संग ५४ रनको तथा चौंथो विकेटको लागि अफिफसंग ३६ रनको साझेदारी गरे।

जिम्बाब्वे बलर रिचर्ड नगरभा र ब्लेसिंग मुजराबानिले २/२ विकेट तथा सिकन्दर रजा र सिङ विलियम्सले १/१ विकेट लिए।

जितपछि बंगलादेशको ३ खेलमा २ जित र १ हार पछि ४ अंक भएको छ। दुवै खेलमा जितपछि भारतको पनि समान ४ अंक छ र नेट रन रेटमा अघि रहँदै पहिलो स्थानमा छ। दक्षिण अफ्रीका र जिम्बाब्वेको २ खेलमा समान ३ अंक छ।

बंगलादेशले पहिलो खेलमा नेदरल्याण्डलाई ९ रनले पराजित गर्दा दोश्रो खेलमा दक्षिण अफ्रीकासंग १०४ रनले पराजित भएको थियो। जिम्बाब्वेले सुपर-१२ चरणको पहिलो खेलमा दक्षिण अफ्रीकासंग अंक बाँडेको थियो भने दोश्रो खेलमा पाकिस्तानलाई १ रनले पराजित गरेको थियो।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]