अपराजित रहँदै एपीएफ फाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब अपराजित रुपमा जारी ललितपुर मेयर्स कपको फाइनल प्रवेश गरेको छ ।

समूह चरणको आफ्नो अन्तिम खेलमा एपीएफले सुदुरपश्चिम प्रदेशलाई विकेटले पराजित गरेको हो । एपीएफले एक खेल अगाबै फाइनलमा स्थान बनाइसकेको थियो ।

सुदुरले दिएको १ सय १२ रनको लक्ष्य एपीएफले १९ दशमलब ४ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

एपीएफका लागि ममता चौधरीले ३४ बलमा अविजित ३२ तथा रोमा थापाले २० बलमा २३ रन बनाईन् । सरिता मगरले ३० बलमा १९ तथा राजमती ऐरीले ९ बलमा ११ रन बनाईन् ।

सुदुरका लागि लक्ष्मी साउदले दुई तथा जानकी थापा, कविता जोशी, रितु कनौजिया, स्नेहा महरा र विन्दु रावलले समान एक एक विकेट लिईन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ११ रन बनाएको थियो ।

सुदुरका लागि कप्तान बिन्दु रावलले ५१ बलमा ३६ तथा कविता जोशी २८ बलमा २९ रनमा अविजित रहिन् । ओपनर रुवी पोदारले ३६ बलमा २९ रन बनाईन् ।

एपीएफका लागि रेखा रावल र इन्दु बर्माले समान १/१ विकेट लिईन् ।

पाँच टोलीको सहभागीता रहेको यस प्रतियोगिताको शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]