उपकप्तान ममता थापा अन्तिम १८ मा पर्न असफल

नियमित महिला रास्ट्रिय क्रिकेट टिमकि उपकप्तान ममता थापा आईसीसी महिला विश्वकप छनौट – एसिया प्रतियोगिताको १८ सदस्यीय प्रारम्भिक टोलिमा पर्न असफल भएकी छिन् l

सोमबार सार्बजनिक भएको १८ सदस्यीय टोलिमा ममता थापा सहित सिनियर महिला रास्ट्रिय क्रिकेटरहरु सोनु खड्का, ममता चौधरी, रेखा रावल र अन्जली चन्दले समेत स्थान बनाउन सकेनन् l प्रशिक्षक राजु बस्नेत, जगत  टमाटा र बिनोद दासको छनौट टोलिले प्रारम्भिक टिम छनौट गरेको हो l

ममता थापा
ममता थापा

१८ सदस्यीय टोलिमा हालै रास्ट्रिय खेलकुद परिषदले आयोजना गरेको महिला रास्ट्रिय प्रतियोगितामा उत्कृस्ट प्रदर्शन गरेकी लक्ष्मी चौधरी पर्न सफल भएकी छिन् भने सबनम राई, निर्मला शाही रास्ट्रिय टिममा नयाँ नामहरु हुन् l २०१३ मा अन्तिम पटक रास्ट्रिय क्रिकेट टिममा रहेकी रोशनी बोहराले १८ सदस्यीय टिममा पुनरागमन गरिकी छिन् l

१८ सदस्यीय टिम 

रुबिना क्षेत्री ( कप्तान ), सिता रानामगर, काजोल श्रेष्ठ, सोभा आले, नेरी थापा मगर, निरा राजोपाध्याय, रोशनी बोहरा, सबनम राई, लक्ष्मी चौधरी, संगीता राई, इन्दु बर्मा, ज्योति पाण्डे, सरस्वति चौधरी, अनुराधा चौधरी, रश्मि शर्मा, निर्मला शाही, करुणा भण्डारी र सरिता मगर 

विकेटनेपाल संग कुरा गर्दै यसपाली महिला रास्ट्रिय क्रिकेट टिमको प्रशिक्षण सम्हालीरहेका राजु बस्नेतले टिम दिनप्रतिदिन राम्रो हुँदै गएको र सन्तुलित रहेको बताएका छन् l थाईल्याण्ड, चिन र हंगकंग जस्ता टोलिहरुलाई चुनौती दिने प्रदर्शन गर्ने समेत बस्नेतले बताए l उनले १४ सदस्यीय टोलि सेप्टेम्बर अन्तिममा सार्बजनिक गर्ने जानकारी समेत दिएका छन् l

नेपाली महिला टिमले २ बर्ष अघि २०१४ एसियन गेम्समा अन्तिम पटक सहभागिता जनाएको थियो जुन प्रतियोगितामा बंगलादेश संग क्वाटरफाइनलमा पराजित भएको थियो l

महिला बिश्वकप छनौट – एसिया प्रतियोगितामा नेपालले डबल राउण्ड-रोबिन लिगमा आयोजक हंगकंग, चिन र थाईल्याण्ड संग प्रतिस्पर्धा गर्नेछ l

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy