कुशलको अर्धशतकमा नामिबियालाई १८१ रनको लक्ष्य

काठमाडौं । अलराउन्डर कुशल मल्लको विष्फोटक अर्धशतकको सहयोगमा नेपालले नामिबियालाई १ सय ८१ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन बनायो ।

नेपालका लागि कुशल मल्लले ३७ बलमा १ चौका र ४ छक्काको सहयोग ५५ रनको अर्धशतकीय ईनिङ खेले । आफ्नो करियरको चौथो अर्धशतक मल्लले ३० बलमा पूरा गरे । मल्ल र आरिफ शेखले ८५ रनको साझेदारी गरे । शेखले २४ बलमा ४ चौकाको सहयोगमा ३१ रन बनाए । १७ औं ओभरको तेस्रो बलमा शेख आउट भएका थिए ।

गुलसन झाले १६ बलमा १ चौका र ३ छक्काको सहयोगमा २६ रन बनाए । झा आठौं ओभरको दोस्रो बलमा बेननार्ड स्कोट्जेद्वारा आउट भए ।

अनिल शाहले १७ बलमा ३ छक्काको सहयोगमा २३ रन बनाए । कप्तान रोहित पौडेलले ९ बलमा १० रन बनाए । दोस्रो विकेटका रुपमा कप्तान पौडेल ब्रासेलले आउट गराए । आज मात्र ज्याकले टी-ट्वान्टी आई डेब्यु गरेका थिए ।

नेपालले पहिलो विकेटका रुपमा ओपनर आशिफ शेखलाई दोस्रो ओभरको पहिलो बलमा गुमाएको थियो । शेख बेन सिकोन्गोको बलमा बोल्ड आउट भएका थिए ।

नामिबियाका लागि बेन सिकोन्गोले ३ तथा ज्याक ब्रासेलले २ विकेट लिए । नेपालले अन्तिम ५ ओभरमा ४४ रन बनाउँदा ४ विकेट गुमायो । फाइनल सम्भावना कायमै राख्न नेपाललाई यो खेलमा जित्नै पर्ने हुन्छ ।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]