काठमाडौं । ललितपुर मेयर्स कपको पहिलो खेलमा स्पिनर कृतिका मरासिनी चम्कँदा ललितपुर मेयर्स एघारले बागमती प्रदेशलाई ५३ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको बागमतीले १४ दशमलब २ ओभरमा ५२ रनमा अल आउट भयो ।
बागमतीका लागि कप्तान अस्मिना कर्माचार्यले २६ बलमा २० तथा ओपनर कन्चन श्रेष्ठले १८ बलमा ११ रन बनाए । बागमतीका लागि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
ललितपुरका लागि कृतिका मरासिनीले ४ तथा सरस्वती चौधरीले ३ विकेट लिईन् । कृतिका ह्याट्रिक विकेट लिएकी थिइन् । उनले लगातार ४ बलमा ४ विकेट लिएकी थिईन् ।
बागमती प्रदेश अस्मिना कर्माचार्यको कप्तानीमा मैदान उत्रदा मेयर्स एघारको टोली पुजा महतोको कप्तानीमा मैदान उत्रदै छ ।
प्रतियोगितामा गत वर्ष सम्पन्न महिला प्रधानमन्त्री कपका शीर्ष चार टोली तथा आयोजक ललितपुर मेयर्स एघारको गरि पाँच टोलीको सहभागीता रहेको छ ।
राउन्ड रोविन लिगमा हुने यस प्रतियोगिताको शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ ।