कोलकाताले दिल्लीबाट पायो १५४ रनको लक्ष्य
, २०८१ बैशाख १७, सोमबार २१:३८
काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४७ औं खेलमा कोलकाता नाईटराईडर्सले दिल्ली क्यापिटल्सबाट १ सय ५४ रनको लक्ष्य पाएको छ ।
कोलकाताको घरेलु मैदान इडन ग्राडेन क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन बनायो ।
दिल्लीका लागि कुलपि यादवले २६ बलमा ५ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३४ रन बनाए । कप्तान रिषभ पन्तले २० बलमा २ चौका र १ छक्काको सहयोगमा २७ रन बनाए । अभिषेक पोरेलले १५ बलमा १८ तथा अक्षर पटेलले २१ बलमा १५ रन बनाए ।
कोलकाताका लागि वरुण चक्रवर्तीले तीन तथा हर्षित राना र बैभब अरोराले समान दुई दुई विकेट लिए ।
थप समाचार
Editor's Choice
पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा
काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]
समाचार
टिएनपीएल सेप्टेम्बरमा हुने
काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]
एसीसी वमेन्स एसिया कप २०२४
महिला एसिया कप : सेमिफाइनल खेलहरु आज
काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]
अन्तर्राष्ट्रिय क्रिकेट
तुषाराले भारतसँगको सिरिज गुमाउने
काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]