कोशीको सान्त्वना जित

२०८१ जेष्ठ ३, बिहीबार १६:१८

काठमाडौं । ललितपुर मेयर्स एघारलाई पराजित गर्दै कोशी प्रदेशले ललितपुर मेयर्स कपमा सान्त्वना जित निकालेको छ ।

समूह चरणको अन्तिम खेलमा पहिलो जित निकाल्ने क्रममा कोशीले ललितपुरलाई ६ विकेटले पराजित गर्यो ।

ललितपुरले दिएको ८९ रनको लक्ष्य कोशीले १८ औं ओभरको अन्तिम बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

कोशीका लागि काजल श्रेष्ठले ४५ बलमा ३६ तथा टिका शाहले ३४ बलमा २५ रन बनाईन् ।

ललितपुरका लागि कृतिका मरासिनीले चार तथा सरस्वती चौधरीले एक विकेट लिईन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८८ रन बनाइको थियो ।

ललितपुरका लागि आस्मा पुलामी मगरले ३२ बलमा २६ तथा किरन कुँवरले १६ बलमा १३ रन बनाईन् । ललितपुरका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कोशीका लागि अप्सरी बेगमले तीन तथा दुई विकेट लिए ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy