कोशीको सान्त्वना जित

काठमाडौं । ललितपुर मेयर्स एघारलाई पराजित गर्दै कोशी प्रदेशले ललितपुर मेयर्स कपमा सान्त्वना जित निकालेको छ ।

समूह चरणको अन्तिम खेलमा पहिलो जित निकाल्ने क्रममा कोशीले ललितपुरलाई ६ विकेटले पराजित गर्यो ।

ललितपुरले दिएको ८९ रनको लक्ष्य कोशीले १८ औं ओभरको अन्तिम बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

कोशीका लागि काजल श्रेष्ठले ४५ बलमा ३६ तथा टिका शाहले ३४ बलमा २५ रन बनाईन् ।

ललितपुरका लागि कृतिका मरासिनीले चार तथा सरस्वती चौधरीले एक विकेट लिईन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८८ रन बनाइको थियो ।

ललितपुरका लागि आस्मा पुलामी मगरले ३२ बलमा २६ तथा किरन कुँवरले १६ बलमा १३ रन बनाईन् । ललितपुरका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कोशीका लागि अप्सरी बेगमले तीन तथा दुई विकेट लिए ।

 





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]