क्यानडाको लगातार दोस्रो जित, स्कटल्यान्डलाई हरायो

काठमाडौं । विश्वकप लिग टू को नव प्रवेशी क्यानडाले गत संस्करणको च्याम्पियन स्कटल्यान्डलाई पराजित गरेको छ ।

युएईमा जारी रहेको स्कटल्यान्ड, क्यानडा र घरेलु टोली रहेको त्रिकोणात्मक सिरिजमा क्यानडाले लगातार दोस्रो जित निकालेको हो ।

पहिलो खेलमा घरेलु टोलीलाई पराजित गरेको क्यानडाले शुक्रबार भएको दोस्रो खेलमा स्कटल्यान्डलाई ७ विकेटको फराकिलो अन्तरले हराएको छ ।

स्कटल्यान्डले दिएको २ सय १६ रनको लक्ष्य क्यानडाले ४० दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

आठ राष्ट्र सहभागी लिग टू मा क्यानडा २ खेलमा शतप्रतिशत जित सहित दोस्रो स्थानमा उक्लिएको छ । नामिबिया पहिलो, नेदरल्यान्ड्स तेस्रो र नेपाल चौथो स्थानमा छन् । युएई र स्कटल्यान्ड अंक बिहिन रहँदै तालिकाको पुछारमा छन् ।

नयाँ अंकतालिका

May be an image of text that says 'ICC MEN'S CWC LEAGUE2 NEPAL POS TEAMS STANDINGS 1 P w NAMIBIA L N/R 4 2 PTS 3 NRR CANADA 1 o 3 6 2 2 0.26 o NETHERLANDS o 4 4 4 2 0.65 NEPAL 2 o 5 4 4 1 UAE -0.16 3 o 6 1 2 o -0.11 1 SCOTLAND o 7 1 o OMAN -0.27 1 o 8 USA -1.13 ICC CWC LEAGUE 2 WICKETNEPAL.COM'





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]