क्यानडाबाट पायो नेपालले १८४ रनको लक्ष्य

काठमाडौं । टी-२० विश्वकपको तयारीका लागि अमेरिकामा रहेको नेपाली टोलीले पहिलो वार्मअप खेलमा क्यानडाबाट १ सय ८४ रनको लक्ष्य पाएको छ ।

अमेरिकाको ग्रान्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८३ रन बनायो ।

क्यानडाका लागि निकोलस किर्तनले ३९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । रविन्द्रपाल सिंहले १७ बलमा १ चौका र ४ छक्काको सहयोगमा अविजित ४१ रन बनाए । नवनित धालीवालले २७ बलमा ३२ तथा प्रगत सिंहले १० बलमा १३ रन बनाए ।

नेपालका लागि अभिनास बोहराले २ तथा करण केसी, सोमपाल कामी, गुलसन झा, सागर ढकाल र ललित राजवंशीले समान १/१ विकेट लिए ।

नेपालले दोस्रो वार्मअप खेल पनि यही मैदानमा बिहीबार अमेरिकासँग खेल्नेछ । यो त्यही स्टेडियम हो जहाँ नेपालले विश्वकपको आफ्नो पहिलो खेल खेल्दैछ । विश्वकपको खेल खेल्ने मैदानमा नै दुवै वार्मअप खेल खेल्न पाउनु नेपालका लागि फाइदाजनक हुनसक्छ ।

नेपालले वार्मअप खेल खेल्न लागेको अमेरिका र क्यानडा समूह ए मा रहेका छन् । अमेरिका र क्यानडाका अलावा समूह ए मा भारत, पाकिस्तान र आयरल्यान्ड रहेका छन् । अमेरिका र क्यानडाबीचको खेलबाट नै यस संस्करणको विश्वकपको सुरुआत हुनेछ ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]