क्रिस गेल २०२० क्यारेबियन प्रिमियर लिग नखेल्ने, कारण यस्तो

विस्फोटक ब्याट्सम्यान क्रिस गेलले २०२० क्यारेबियन लिग ( सिपिएल टि-२० ) नखेल्ने निर्णय गरेका छन्। गेलले आफ्नो फ़्रेन्चाइज् सेन्ट लुसिया जुक्सलाई सोमबार आफु लिगको लागि उपलब्ध नहुने बताएका हुन्। लिगको लागि खेलाडीहरुको ड्राफ्ट हुनु दुइ दिन अघि गेलले उक्त निर्णय लिएको क्रिक्इन्फोले लेखेको छ।

गेलले नखेल्नुको पछाडी पारिवारिक कारण रहेको बताएका छन्। कोभीड-१० का कारण गेल जमाईकामा रोकिएका कारण गेलले आफ्नो परिवार र छोरासंग लामो समय देखि भेट्न पाइरहेका छैनन्। त्यसैले उनले परिवारसंग समय बिताउने निर्णय गरका हुन्। सेन्ट लुसियाको लागि खेलेको भए गेलको क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स र जमाईका तल्लावाह पछि तेश्रो टिम हुने थियो।

सीपीएल टि-२० अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रिनिडाड एण्ड टोबागोमा आयोजना हुने बताईएको छ जसलाई सरकारले भने आयोजनाको हरियो झन्डा दिन बाँकी रहेको छ।

“गेलले व्यक्तिगत कारण देखाउदै लिग नखेल्ने निर्णय गरेको हामीले बुझेका छौँ। हामि गेललाई २०२० को बाँकी समयको लागि सुभकामना दिन्छौ र आशा गर्नेछौँकि उनि २०२१ को सिजनमा फिर्ता हुनेछन्।” क्यारेबियन प्रिमियर लिगका प्रवक्ताले लिगको वेबसाइटमा बताएका छन्।

गेलले सेन्ट लुसिया जुक्ससंग अप्रिलमा टिमको मार्की खेलाडीको रुपमा अनुबन्ध गरेका थिए। गेलले मार्की खेलाडी भए बापत १ लाख ३० हजार देखि १ लाख ६० हजार मूल्य पाएका थिए।

क्यारेबियन लिग इतिहासकै सर्वाधिक रनकर्ता ( २,५३४ रन ) गेलले पहिलो ४ सिजन जमाईका तल्लावाहको प्रतिनिधित्व गरेका थिए जुन क्रममा दुइ वटा लिग उपाधि समेत दिलाएका थिए। त्यसपछि उनले दुइ वर्ष सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सको प्रतिनिधित्व गरे। त्यसपछि पुनः गत वर्ष तल्लावाहमै फर्किने क्रममा उनले शतक प्रहार गरेका थिए। तर गत सिजन गेलको फर्म भने खस्किएको थियो।

गेलले वेस्टइन्डिजको लागि १०३ टेस्ट, ३०१ एकदिवसीय र ५८ टि-२० खेल्ने क्रममा क्रमशः ७,२१४ , १०,४८० र १,६२७ रन बनाएका छन्। उनको नाममा टेस्टमा १५, एकदिवासियीमा २५ र टि-२० मा २ वटा शतक रहेको छ। २०१९ विश्वकप पछि गेलले वेस्टइन्डिजको प्रतिनिधित्व गर्न पाएका छैनन्।





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]