गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनशिप : बागमती र मधेशको जित

काठमाडौं । राजधानीमा संचालन भैरहेको पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनशिप अन्तर्गत मंगलवारको भएको खेलमा मधेश प्रदेश र बागमती प्रदेशले जित निकालेका छन् ।
आज भएको दोस्रो खेलमा मधेश प्रदेशले कोशी प्रदेश माथी २ विकेटको रोमाञ्चक जित हात पारेको छ। जितसंगै ५ खेलबाट ६ अंक बटुलेको मधेश प्रदेश तालिकाको तेस्रो स्थानमा छ भने आफ्ना ४ खेलमा सबै खेल गुमाएको कोशी तालिकाको पुछारमा रहेको छ।
 मंगलवार टस जितेर ब्याटिंग गर्ने निर्णय लिएको कोशीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९० रन मात्र बनाएको थियो। समिर कार्कीले २८, सर्वन यादवले २७ र सुजन थपलियाले १६ रन बनाउन बाहेक कोशीका अन्य ब्याट्समेनले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन। कसिलो बलिङ्ग प्रदर्शन गरेको मधेश प्रदेशले कोशीलाई कम योगफलमा रोक्न सफल भएको थियो।
मधेशका लागि विशाल पटेल, अविशेक तिवारी, रंजित कुमार र प्रदिप पासवानले समान २/२ विकेट लिएका थिए। जवाफमा ९१ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रिएको मधेश प्रदेशले दोस्रो ओभरको पाँचौ बलमा ओपनर शाहील पटेललाई व्यक्तिगत ११ रनको स्कोरमा गुमाएको थियो। तर खेलले नाटकीय मोड भने पाँचौं ओभरमा गएर लियो। पाँचौ ओभर बलिङ्ग गरेका कोशीका सर्वन यादवले ओभरको दोस्रो बलमा मयन यादवलाई आउट गरे। लगत्तै तेस्रो बलमा राहुल मण्डल र चौथो बलमा अरनिको यादवलाई आउट गर्दै सर्वनले आफ्नो ह्याट्रिक पुरा गर्दा मधेश १८-४ को अवस्थामा पुगेको थियो। सर्वनले सोहि ओभरको अन्तिम बलमा विशाल सुश्लिंगलाई पभेलियन तर्फको बाटो देखाउंदा कोशी खेलमा हावी बन्न पुग्यो।
बलिङ्गवाट लगातार दवाव सृजना गरेको कोशी प्रदेशका लागि दिपेश कंडेलले आठौँ ओभरमा प्रदिप पाश्वानलाई समेत आउट गरे। २३-६ को अवस्थामा रहेको मधेशलाई चेजमा बनाएर राख्ने क्रममा ओपनर रोहन विक र विशाल पटेलले सातौँ विकेटका लागि ५९ रनको महत्वपुर्ण साझेदारी गर्दा मधेशको चेज लयमा फर्कियो। ३७ रन बनाएर ब्याटिंग गरिरहेका विशाल पटेललाई दिपेश कंडेलले आउट गर्दा कोशी प्रदेश पुन: खेलमा फर्किने प्रयासमा देखिएको थियो।
यद्यपि एक किनारबाट ओपनिङ्ग ब्याटिंग गर्न आएका रोहन विकले अविजित ३१ रन बनाउदै मधेशलाई १७ बल बाँकी रहंदा नै २ विकेटको जित दिलाए। खेलको प्लेयर अफ दि म्याच मधेशका विशाल पटेल चुनिए। प्रतियोगिता अन्तर्गत बुधवार हुने पहिलो खेलमा गण्डकी र कर्णाली तथा दोस्रो खेलमा लुम्बिनी र सुदुरपश्चिम भिड्ने छन्।
आजै भएको पहिलो खेलमा बागमती प्रदेशले जित हात पारेको छ। प्रतियोगितामा लगातार चौथो जित दर्ता गर्ने क्रममा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटको फराकिलो अन्तरले पराजित गर्यो। टस जितेर सुरुवातमा बलिङ्ग गर्ने निर्णय लिएको बागमतीले गौतम केशीको ५ विकेटको सहयोगमा कर्णालीलाई १९.४ ओभरमा १२० रनमा समेटेको थियो। कर्णालीका लागी विपिन शाहीले ५१ रन बनाएपनि अन्य ब्याट्समेनले साथ दिन नसक्दा टोलि झिनो योगफलमा नै रोकिएको थियो।
 बागमतीका लागी गौतम केशीले ३.४ ओभरमा १८ रन खर्चिएर ५ विकेट लिए। यस्तै सोनु देवकोटा र रिजन ढकालको नाममा समान २/२ विकेट रह्यो। जवाफमा १२१ रनको सहज लक्ष्य बागमतीले १४.५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्दै ७ विकेटको जित हात पार्यो। बागमतीको चेजमा कप्तान रित गौतमले सर्वाधिक ३३ रन तथा शुभ कंसाकार र इशान पाण्डेले समान २८/२८ रन बनाए। प्रतियोगिता अन्तर्गत दिनको दोस्रो खेलमा कोशी प्रदेशले मधेश प्रदेशको सामना गर्दै छ।




थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]