गुजरातमाथि दिल्लीको रोमान्चक जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४० औं खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ ।

घरेलु मैदान अरुण जेट्ली क्रिकेट स्टेडियममा दिल्लीले ४ रनको जित हात पारेको हो ।

दिल्लीले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो ।

गुजरातका लागि साई सुदर्शन र डेबिड मिलरले अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । सुदर्शनले ३९ बलमा ७ चौका र २ छक्काको सहयोगमा ६५ रन बनाए । मिलरले २३ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५५ रन बनाए ।

ओपनर रिद्धिमान शाहले २५ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३९ रन बनाए । राशिद खानले ११ बलमा ३ चौका र १ छक्काको सहयोगमा अविजित २१ रन बनाए । साई किशोरले ६ बलमा २ छक्काको सहयोगमा १३ रन बनाए । अन्तिम ओभरमा १९ रन चाहिएको अवस्थामा राशिद खानले

दिल्लीका लागि रसिक सलामले तीन तथा कुलदिप यादवले दुई विकेट लिए । एनरिक नोर्किया र अक्षर पटेलले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २४ रन बनाएको थियो ।

दिल्लीका लागि रिषभ पन्त र अक्षर पटेलले अर्धशतकीय ईनिङ खेले । कप्तान पन्तले ४३ बलमा ५ चौका र ८ छक्काको सहयोगमा अविजित ८८ रन बनाए । पटेलले ४३ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ६६ रन बनाए । पटेल र पन्तले चौथो विकेटका लागि ६८ बलमा १ सय १३ रनको महत्तवपुर्ण शतकीय साझेदारी गरे ।

ट्रिस्टन स्टब्सले ७ बलमा ३ चौका र २ छक्काको सहयोगमा अविजित २६ रन बनाए । जेक फ्रेजरले १४ बलमा २३ तथा पृथ्वी शाले ७ बलमा ११ रन बनाए । पाँचौ विकेटका लागि पन्त र स्टब्सले अविजित ६७ रनको साझेदारी गरे ।

गुजरातका लागि सन्दीप वारियर्सले तीन तथा नुर अहमदले एक विकेट लिए ।

नवौ खेलमा चौथो जितका साथ दिल्ली अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ । नवौं खेलमा पाँचौ हारका साथ गुजरात सातौं स्थानमा झरेको छ ।

जारी संस्करणमा दोस्रो पटक आमने सामने भएका हुन् । गत साता भएको पहिलो भेटमा पनि दिल्लीले गुजरातलाई पराजित गरेको थियो ।





थप समाचार

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]

कास्की र नवलपुरको विजयी सुरुआत

काठमाडौँ। गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन्। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा […]