टि-१० लिग : पारस फेरी बेञ्चमै

युएईमा जारि टि-१० लिग अन्तर्गत पारस खड्का आबद्ध टिम आबु धाबीले दोश्रो चरणको पहिलो खेलमा थिसारा परेरा कप्तानीको बाङ्ग्ला टाइगर्सको सामना गर्दैछ।

खेलमा टस जितेर बलिङ्ग रोजेको आबु धाबीले लगातार दोश्रो खेलमा पारस खड्कालाई अन्तिम ११ मा स्थान दिएको छैन। पहिलो २ खेलमा मौका पाएका पारसलाई त्यसपछि सोमबार मराठा अरबियन्स बिरुद्ध पनि खेलाएको थिएन। लगातार दोश्रो खेलमा पारसलाई मैदान बाहिर राखिएको छ।

आबु धाबीको अन्तिम-११ – लुक राइट, अभिस्का फर्नान्डो, मोइन अलि ( कप्तान ), एलेक्स डेभिस, वेन म्याडसन, लुइस ग्रेगरी , रोहन मुस्तफा , ह्यारी गर्ने, बेन लाफलिन, हेडन वाल्स, मर्चान्ट डी लांगे।

लिगमा यस अघि पारसले दुइ खेल खेल्ने मौका पाएता पनि अन्तिममा मात्र ब्याटिंग गर्न पाएका थिए। पहिलो खेलमा कलन्दर्स बिरुद्ध मौका पाउनु क्रममा पारसले अविजित ३ बलमा ३ रन बनाएका थिए भने दोश्रो खेलमा नर्थर्न वारियर्स बिरुद्ध १ बलमा १ रन बनाएर अविजित रहेका थिए।

आबु धाबीले यस अघि पहिलो चरणमा खेलेको ३ खेलमा १ जित ,१ बराबरी र १ खेलमा हार बेहोरेको थियो। अब प्लेअफ चरण प्रवेश गर्नको लागि आबु धाबीलाई आजको खेल जित्ने दबाब रहेको छ।

लिग अन्तर्गत सन्दिप लामिछानेको टिम कर्नाटका टस्कर्सले दोश्रो चरण अन्तर्गत आगामी खेल बुधबार बेलुका मराठा अरबीयन्स बिरुद्ध खेल्नेछ। खेल नेपाली समय बेलुका ५:१५ बजे सुरु हुनेछ। भोलिनै आबु धाबीले डेक्कन ग्ल्याडीएटर्स बिरुद्ध खेल्नेछ। खेल राति ९:४५ बजे सुरु हुनेछ।





थप समाचार

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]