त्रिदेशिय टी-ट्वान्टी सिरिज आजबाट, नामिबिया र नेपाल भिड्दै

काठमाडौं । आज(मंगलबार) बाट नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित त्रिदेशीय टी-ट्वान्टी सिरिज सुरु हुदैछ ।

सिरिजको पहिलो खेलमा नामिबिया र नेपाल भिड्दै छन् । दुवैबीचको खेल बिहान साढे ११ मा कीर्तिपुरमा रहेको टियु मैदानमा सुरु हुनेछ । नेपाल र नामिबियाबीच पहिलो पटक टी-ट्वान्टी आई खेल हुने भएको छ ।

नेपाल र नामिबियाबीच ओडिआई तथा लिस्ट ए मान्यताप्राप्त खेलमा पटक पटक भेट भए पनि टी-ट्वान्टी आई मान्यताप्राप्त खेलमा पहिलो पटक खेल्दैछन् ।

नेपाल र नामिबियाबीच २०१५ मा आयरल्यान्डमा एक टी-ट्वान्टी खेल तय भए पनि वर्षाका कारण खेल रद्द भएको थियो । २०१६ को टी-ट्वान्टी विश्वकप छनोटको सो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ७ दशमलब ४ ओभरमा १ विकेट गुमाएर ६१ रन बनाएको अवस्थामा भारी वर्षाका कारण खेल हुन सकेको थिएन । खेल पुन सुचारु हुन नसकेपछि दुवै टोलीले अंक बाडेका थिए । यस खेलले टी-ट्वान्टी आईको मान्यता भने पाएको थिएन ।

नामिबिया टी-ट्वान्टी आईमा नेपालको २२ औं प्रतिद्वन्दी बन्दैछ । सिरिजको पहिलो खेलमा नेपालले मंगलबार नामिबियासँग खेल्दैछ । मंगलबार सुरु हुने सिरिजको खेलतालिका अनुसार पहिलो खेलमा नेपाल र नामिबिया खेल्नेछन् ।

दोस्रो खेल २८ फेब्रुअरी अर्थात फागुन १६ मा नेदरल्याण्ड्स र नेपालबीच हुँदा २९ फेब्रुअरी अर्थात फागुन १७ मा नेदरल्याण्ड्स र नामिबिया भिड्नेछन् । नेपालले सिरिजको आफ्नो तेस्रो खेलमा १ मार्च अर्थात फागुन १८ मा नामिबियासँग खेल्नेछ । २ मार्चमा अर्थात फागुन १९ मा नेदरल्याण्ड्स खेल्दा नामिबिया र नेदरल्याण्ड्सबीचमा ३ मार्च अर्थात फागुन २० मा समूह चरणको अन्तिम खेल हुनेछ ।

समूह चरणका शीर्ष दुइ टोलीबीच ५ मार्च अर्थात फागुन २२ मा फाइनल खेल हुनेछ । सबै खेलहरु नेपाली समयअनुसार बिहान साढे ११ मा सुरु हुनेछ ।

नेपाली टोली :

रोहितकुमार पौडेल(कप्तान), आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, गुलसन झा, करण केसी, सोमपाल कामी, प्रतिश जिशी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल शाह, राशिद खान, आरिफ शेख, सागर ढकाल र अभिनास बोहोरा ।





थप समाचार

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]