दाङ प्रिमियर लिग : लायन्सको जितमा बसिर उत्कृस्ट

२०८० फाल्गुन १४, सोमबार १५:३४

काठमाडौं । आजबाट सुरु दाङ क्रिकेट लिगको पहिलो खेलमा दंगाली लायन्सले डिफेन्डिङ च्याम्पियन घोराही टाइगर्सलाई ९ विकेटले पराजित गर्यो।

घोराही टाइगर्सले दिएको १ सय १२ रनको लक्ष्य दंगाली लायन्सले १६ दशमलब १ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो।

दंगाली लायन्सको लागि सन्तोष कार्की र बसिर अहमदले समान ४५ रन योगदान दिए। सन्तोषले ४६ बलमा ३ चौका तथा बसिरले ३९ बलमा ३ छक्का प्रहार गरे। राष्ट्रिय क्रिकेटर समेत रहेका बसिर खेलको प्लेयर अफ द म्याच घोषित भए।

यस अघि टस जितेर ब्याटिंग रोजेको घोराही टाइगर्सले १८ दशमलब २ ओभरमा १ सय ११ रन बनायो।

घोराहीको लागि अर्जुन घर्तिले सर्वाधिक ३२ रन योगदान दिए। रबिन थापाले अविजित १४ तथा ब्रिशब सेन्चुरीले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। राष्ट्रिय क्रिकेटर समेत रहेका ओपनर दिलिप नाथले २ रन मात्र बनाउन सके।

दंगाली लायन्सको बलिंगमा शंकर रानाले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४३ ओभरमा २१ रन खर्चिए। प्रकाश जैसी र बिर बहादुर घर्ति मगरले २/२ तथा कप्तान बिपिन खत्रीले १ विकेट लिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy