दिपेन्द्रको घातक बलिंग, पुलिस फाइनलमा

पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनको फराकिलो अन्तरले पराजित गर्दै जारि प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगितामा विभागीय टोलि नेपाल पुलिस क्लब फाइनल पुग्ने पहिलो टोलि बनेको छ । अब पुलिसले नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबिचको विजेता टोलिसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा १५६ रनको विजयी लक्ष्य पछ्याएको बागमती प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रनमात्र बनाउँन सक्यो । उसका लागि ओपनर ब्याटर आदील खानले २७, कप्तान ज्ञानेन्द्र मल्लले २३, रामनरेश गिरिले अविजित २२ तथा रिजन ढकालले अविजित १६ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ओपनर इशान पाण्डे १ रन बनाएर आउट भएपछि आर्का ओपनर आदील खानले कप्तान ज्ञानेन्द्र मल्लसँग दोस्रो विकेटको लागि ४३ रनको साझेदारी गर्दै बागमतीको इनिंग्स सम्हाले । दिपेन्द्र सिंह ऐरीले नवौं ओभरमा मल्ल र बिपिन आचार्यलाई आउट पार्दै पुलिसलाई खेलमा हावी गराए । त्यसपछि बागमतीले ५०/२ को अवस्थाबाट थप १९ रन जोड्दा ७ विकेट गुमाउँन पुगेको थियो । अन्तिममा रामनरेश गिरि र रिजन ढकालले नवौं विकेटको लागि अविजित ३६ रनको साझेदारी गर्दै बागमतीलाई अल आउट हुनबाट जोगाए ।

नेपाल पुलिस क्लबको बलिंगतर्फ दिपेन्द्र सिंह ऐरीले ( ४-०-१०-५ ) सर्वाधिक ५ सागर ढकालले ( ४-०-१४-२ ) २ विकेट तथा आरिफ शेखले १ विकेट हात पारे ।

यसअघि खेलमा टस जितेर ब्याटिंग रोजेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५५ रन बनाएको थियो । उसका लागि ओपनर ब्याटर पवन सरार्फले ५४ बलमा समान ३ चौका र ३ छक्काको मद्धतमा सर्वाधिक ५९ तथा दिलिप नाथले १६ बलमा समान २ चौका र २ छक्काको मद्धतमा अवीजित ३१ रन बनाए । यस्तै, अनिल शाहले २५ तथा आरिफ शेखले १२ रनको योगदान दिए ।

ओपनरद्वय पवन सरार्फ र शंकर रानाले २७ रनको साझेदारी गरे । रिजन ढकालले चौथौं ओभरमा रानालाई ८ तथा दिपेन्द्र सिंह ऐरीलाई खाता नखोल्दै आउट पारेपछि पवनले अनिल शाहसँग तेस्रो विकेटको लागि ७८ रनको साझेदारी गर्दै नेपाल पुलिस क्लबको इनिंग्स उकासे । १६ औं ओभरमा नन्दर यादवले पवन र अनिल दुवैलाई पेभेलियनको बाटो देखाए । त्यसपछि अन्तिममा दिलिप नाथले विस्फोटक ब्याटिंग गर्दै नेपाल पुलिस क्लबको योगफल १५० रन पार गराए । दिलिपले तिलक भण्डारीको १७ औं ओभरमा २ छक्का हिर्काएका थिए । खेलमा बागमतीको फिल्डिंग निकै फितलो रहेको थियो ।

बागमती प्रदेशको बलिंगतर्फ नन्दन यादव ( ४-०-२७-२ ) र विजन ढकालले ( ४-०-३०-२ ) समान २ तथा प्रतिष जिशिले ( ४-०-२८-१ ) १ विकेट लिए ।

नेपाल पुलिस क्लबका ओपनिंग ब्याटर कुशल भुर्तेल र फास्ट बलिंग अल-राउण्डर कारण केशीले पूर्ण रुपमा फिट नहुँदा यो खेल गुमाएका थिए ।





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]