दीपेन्द्रले यूएईको क्रिकेट लिग खेल्ने

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईमा जारी इन्टरनेशनल लिग टी२० खेल्ने भएका छन्।

नेपाल क्रिकेट संघ क्यानका अनुसार उनले गल्फ जायन्ट्सबाट लिग खेल लागेका हुन्। इंग्ल्यान्डका जेम्स भिन्सको कप्तानीमा रहेको जायन्ट्सबाट लिग खेल लागेका हुन्। लिगमा जायन्ट्सले ८ खेल खेल्दा ४ जित र ४ हारसहित ८ अंक जोडेको छ।

जायन्ट्स अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। उसले समूह चरणको दुई खेल खेल्न बाँकी रहेको छ। दीपेन्द्र यस लिगमा आवद्द हुने पहिलो नेपाली खेलाडी हुन्। गत संस्करणमा सन्दीप लामिछाने यही लिगमा आवद्द भएपनि बलात्कारको अभियोग लागेका कारण खेल्न पाएका थिएनन्।

दीपेन्द्रको यो दोस्रो अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग हो। यसअघि उनले क्यानडामा भएको क्यानडा ग्लोबल टी२० लिग खेलेका थिए। क्यानडाविरुद्ध जारी तीन एक दिवसीय शृंखलामा दीपेन्द्रलाई मुख्य प्रशिक्षक मोन्टी देसाईंले विश्राम दिएका छन्।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]