दीपेन्द्र एसोसिएटको शीर्ष स्थानमा कायमै

२०८१ जेष्ठ २, बुधबार १४:५७

काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टी-२० आईको अलराउन्डर तर्फको वरियतामा एसोसिएट तर्फको शीर्ष स्थानमा कायमै रहेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले जारी गरेको पछिल्लो वरियतामा सिंह एक स्थान माथि दशौं स्थानमा उक्लिएका हुन् ।

उनी भन्दा पछि एसोसिएट १३ औं स्थानमा नामिबिया कप्तान ग्रेहार्ड इरास्मस रहेका छन् । सिंह भन्दा अघि हार्दिक पान्ड्या तथा मोइन अलि लगायतका खेलाडी रहेका छन् ।

अलराउन्डरको शीर्ष स्थानमा बंगलादेशका शाकिव अल हसन रहेका छन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy