नामिबियामाथि स्कटल्यान्डको जित

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको आइसीसी टी-२० विश्वकपमा नामिबियामाथि स्कटल्यान्डले जित निकालेको छ ।

वेस्ट इन्डिजको बारबाडोसमा शुक्रबार भएको खेलमा स्कटल्यान्ड ५ विकेटले विजयी भएको हो ।

नामिबियाले दिएको १ सय ५६ रनको लक्ष्य स्कटल्यान्डले १८ दशमलब ३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

स्कटल्यान्डको जितमा कप्तान रिची बेरिंग्टनले ३५ बलमा २ छक्का र २ चौकाको सहयोगमा अविजित ४७ रन बनाए । माइकल लिस्कले १७ बलमा ४ चौकाको सहयोगमा ३५ रन बनाए ।

ओपनर माइकल जोन्सले ३ चौका र १ छक्कासाथ २६ तथा ब्रान्डन म्याकमुलले १७ बलमा १९ रन बनाएका थिए ।

नामिबियाका लागि कप्तान ग्रेहार्ड इरास्मसले २ तथा रुबेन ट्रम्पलम्यान, टानगेनी लुन्गामेनी र बर्नार्ड स्कोल्जले समान एक एक विकेट लिएका थिए ।

त्यसअघि नामिबियाले टस जितेर पहिले ब्याटिङ गर्दै ९ विकेटको गुमाएर १ सय ५५ रन बनाएको थियो ।

नामिबियाका कप्तान ग्रेहार्ड इरास्मसले ३१ बल खेलेका उनले ५ चौका र २ छक्कासहित ५२ रन बनाएका थिए । जेन ग्रिनले २८, निकोलस डाभिनले २०, डेभिड विसेले १४ र जान फ्रेलिन्कले १२ जोडे ।

स्कटल्यान्डका ब्राड ह्विलले तीन तथा ब्रेड करीले दुई विकेट लिएका थिए ।

स्कटल्यान्ड २ खेलमा ३ अंकसहित समूह बी को शीर्षस्थानमा उक्लिएको छ ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy