नेदरल्यान्ड्ससँग नेपाल पराजित

काठमाडौं । विश्वकप लिग टू सिरिज अन्तर्गत नेपालमा भएको त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय ७३ रनको लक्ष्य नेदरल्यान्ड्सले ३७ दशमलब ५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

नेदरल्यान्ड्सका लागि विक्रमजीत सिंहले ९२ बलमा ७ चौकाको सहयोगमा ५८ रनको अर्धशतकीय ईनिङ खेले । माइकल लिभेन्टले ३४ बलमा ३९ रन बनाए । लिभेन्टले ३ चौका र ४ छक्का प्रहार गरे । ओपनर म्याक्स ओडाउडले २६ बलमा २ चौका र २ छक्काको सहयोगमा २८ रन बनाए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४९ दशमलब ३ ओभरमा १ सय ७२ रन बनाउँदै अल आउट भएको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ९३ बलमा ८ चौकाको सहयोगमा ६६ रनको अर्धशतकीय ईनिङ खेले । ओडिआई करियरको आठौं अर्धशतक भुर्तेलले ७७ बलमा ५ चौकाको सहयोगमा पूरा गरेका थिए । ३७ औं ओभरको तेस्रो बलमा भान डर मर्रेको बलमा कुशल आउट भए ।

भुर्तेलले १७ औं ओभरको चौथो बलमा आर्यान दत्तको बलमा म्याक्स ओ डाउडबाट जीवनदान पाएका थिए । क्याच मिस हुँदा भुर्तेल ४३ बलमा ३५ रनमा रहेका थिए । करण केसीले २७ बलमा २७ रन बनाए । केसी आउट भएसँगै नेपाल अल आउट भएको थियो । आरिफ शेखले ५० बलमा २२ रन बनाए । ४९ औं ओभरको दोस्रो बलमा उनी भिभियन किंग्माको बलमा आउट भए ।

नामिबियाविरुद्ध अर्धशतक प्रहार गरेका आशिफ शेख पहिलो विकेटका रुपमा आउट भएका थिए । नवौं ओभरको तेस्रो बलमा भिभियन किंग्माको बलमा आउट भए । शेख व्यक्तिगत १७ रनमा आउट भएका थिए ।

दोस्रो विकेटका रुपमा अनिल शाह आउट भए । ७ रन बनाउँदै शाह भिभियन किंग्माको बलमा बोल्ड आउट भए । शाहले ११ बलको सामना गरेका थिए । तेस्रो विकेटका रुपमा कुशल मल्ल आर्यान दत्तको बलमा एलबीडब्लु आउट भए ।

चौथो विकेटका रुपमा २५ औं ओभरको तेस्रो बलमा कप्तान पौडेल आर्यान दत्तको बलमा आउट भए । पौडेलले ४० बलमा १६ रन बनाएका थिए । पाँचौ विकेटका रुपमा दीपेन्द्रसिंह ऐरी रन आउट भए । बास डि लिडेको बलमा कुशल भुर्तेलले प्रहार गरेको सट लिडेको खुट्टामा छुदै स्टममा लागेको थियो । ननस्ट्राईकमा रहेका ऐरी क्रिज बाहिर रहेकोले उनी रन आउट भए ।

छैटौं विकेटका रुपमा भीम सार्की ३० औं ओभरको तेस्रो बलमा आउट भए । आठौं विकेटका रुपमा गुलसन झा १७ बलमा ५ रन बनाए । ४३ औं ओभरको दोस्रो बलमा झा आर्यान दत्तको बलमा आउट भए । नवौं विकेटका लागि करण केसी र आरिफ शेखले ३६ रनको साझेदारी गरे ।

नेदरल्यान्ड्सका लागि आर्यान दत्त र भिभियन किंग्माले समान ३/३ तथा बास डि लिडेले २ विकेट लिए । भान डेर मर्रोले १ विकेट लिए । दत्तले शनिबार नेपालविरुद्ध ३ ओभरमा ४४ रन खर्चिएका थिए । सो खेल नेपालले ९ विकेटले जितेको थियो ।

त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्यान्ड्सको एक खेल मात्र जितेको छ । जितसँगै विश्वकप लिग टू मा नेदरल्यान्ड्स २ जितका साथ नेदरल्यान्ड्स दोस्रो स्थानमा छ । पराजित नेपाल २ अंकका साथ तेस्रो स्थानमा छ ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]