नेपालमाथि नामिबियाको लगातार दोस्रो जित

काठमाडौं । नामिबियाले नेपालमाथि लगातार दोस्रो खेलमा जित निकालेको छ । टियु मैदान कीर्तिपुरमा भएको विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजको खेलमा नामिबियाले नेपालमाथि २ विकेटको जित हात पारेको हो ।

नेपालले दिएको १ सय ६९ रनको लक्ष्य नामिबियाले ४० ओभरको अन्तिम बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।

नामिबियाका लागि कप्तान ग्रेहार्ड इरास्मसले ५६ बलमा ८ चौका र २ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । अर्धशतक बनाएका कप्तान इरास्मस पाँचौ विकेटका रुपमा कुशल भुर्तेलको बलमा आउट भए ।

जेजे स्मिथले ६६ बलमा ३४ रन बनाए । यसका साथै अलराउन्डर स्मिथ अविजित रहेका थिए । ८६ रनमा ४ विकेट गुमाएको समयमा क्रिजमा आएका उनको योगदान जितमा महत्वपुर्ण रह्यो ।

नामिबियाले पहिलो विकेटका रुपमा दोस्रो ओभरको चौथो बलमा निकोलस डेभिन रन आउटको रुपमा गुमाएको थियो । दोस्रो विकेटका रुपमा अर्का ओपनर जेपी कोट्जेलाई कप्तान रोहितकुमार पौडेलले पाँचौ ओभरको पहिलो बलमा बोल्ड आउट गरे । कोट्जेले ९ बलमा ३ रन बनाएका थिए ।

लिङ्गेन ३४ बलमा ३१ रन बनाउँदै कुशल मल्लको बलमा आउट भए । तेस्रो विकेटका रुपमा पेभिलियन फर्किएका उनी कुशल मल्लको बलमा आउट भएका थिए । मल्लले १३ औं ओभरको पहिलो बलमा लिङ्गेनलाई आउट गराए ।

चौथो विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीको बलमा जेन फ्रायलिंक ४ रन बनाउँदै आउट भए । सातौं विकेटका रुपमा नामिबियाले जान ग्रिनलाई गुमाएको थियो । उनलाई ललितनारायण राजर्वशीले आउट गराए । आठौं विकेटका रुपमा नामिबियाले रुबेन ट्रम्पलम्यानलाई १२ बलमा १६ रन बनाएर कुशल भुर्तेलको बलमा आउट भए ।

नेपालका लागि कुशल भुर्तेलले ३ तथा कुशल मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले समान ११ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३७ दशमलब १ ओभरमा अल आउट हुँदै १ सय ६८ रन बनाएको थियो ।

नेपालका लागि ओपनर आशिफ शेखले ६४ बलमा ८ चौका र १ छक्काको सहयोगमा ५८ रनको अर्धशतकीय ईनिङ खेले । ५८ रन बनाउँदै आशिफ बेर्नाड स्कोट्जेको बलमा आउट भएका थिए । नेपालबाट ४८ औं ओडिआई खेलमा शेखले १२ औं अर्धशतक पूरा गरेका हुन् ।

आशिफले ५५ बलमा ८ चौका र १ छक्का सहित कीर्तिमानी अर्धशतक पूरा गरेका हुन् । आशिफ ओडिआईमा नेपालबाट सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी हुन् । दोस्रो स्थानमा कप्तान रोहितकुमार पौडेल ९ अर्धशतकका साथ रहेका छन् । चौथो विकेटका लागि आसिफ र कुशल मल्लले ५७ रनको साझेदारी गरेका थिए ।

मल्लले ५२ बलमा ३६ रन बनाए । छैटौं विकेटका रुपमा आउट हुनुअघि मल्लले १ चौका र ३ छक्का प्रहार गरेका थिए । २७ औं ओभरको तेस्रो बलमा कप्तान ग्रेहार्ड इरास्मसको बलमा मल्ल आउट भए ।

भीम सार्कीले ३६ बलमा २६ रन बनाए । भीम ३५ ओभरको अन्तिम बलमा बेर्नाड स्कोट्जेको बलमा आउट भएका थिए ।

नेपालले पहिलो विकेटका रुपमा नेपालले सातौ ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी बेर्नाड स्कोट्जेको बलमा १८ रन बनाउँदै आउट भएका थिए । एलबीडब्लु धरापमा परेका भुर्तेलले १६ बल खेलेका थिए ।

भुर्तेल आउट भएसँगै क्रिजमा उत्रिएका अनिलकुमार शाह शून्य रनमा नै आउट भए । उनले २ बलको सामना गरेका थिए । नेपालले तेस्रो विकेटका रुपमा आठौं ओभरको अन्तिम बलमा ज्याक ब्राससेलको बलमा आउट भए । शून्य रनमा आउट भएका खनाल विकेटकिपर जान ग्रिनको हातबाट क्याच आउट भएका थिए ।

पाँचौ विकेटका रुपमा कप्तान रोहितकुमार पौडेललाई नेपालले शून्य रनमा गुमायो । ९ बलको सामना गरेका पौडेल ओडिआई करियरमा पाँचौ पटक शून्य रनमा आउट भएका हुन् । कप्तान पौडेल जान निकोलको बलमा आउट भएका थिए ।

सातौं विकेटका रुपमा नेपालले अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई गुमायो । दीपेन्द्र जान निकोलको बलमा स्टम्पिङ आउट भएका थिए । दीपेन्द्रले १८ बलमा ६ रन बनाए । सोही ओभरमा नै सोमपाल कामी पनि आउट भए ।

विश्वकप लिग टू को यस सिरिजको पहिलो खेलमा नामिबियासँग खेलेको नेपाल ४ विकेटले पराजित भएको थियो । आजको खेल जितेर शीर्ष स्थानमा उक्लिएको छ । अंक तालिकामा नामिबियाको तीन खेलमा चार अंकका साथ शीर्ष स्थानमा उक्लदा पराजित नेपाल भने दोस्रो स्थानमा छ ।





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]