नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

२०८१ बैशाख २०, बिहीबार ११:५४

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ ।

वेस्ट इन्डिज ए का कप्तान रोस्टन चेसले टस जितेर ब्याटिङ रोजेका हुन् । बुधबारको खेलमा रेस्टमा रहेका रोहितकुमार पौडेललाई कप्तानमा निरन्तरता पाएका छन् ।

नेपाली टोलीमा आठ परिवर्तन भएको छ । बुधबारको खेलमा टिममा रहेका कमलसिंह ऐरी, विनोद भन्डारी, करण केसी, अनिल शाह, आरिफ शेख, लोकेश बम, विवेक यादव र सागर ढकाल बेन्चमा रहेका छन् ।

सोमपाल कामी, रोहितकुमार पौडेल, आसिफ शेख, कुशल भुर्तेल, सन्दीप जोरा, प्रतिश जिसी, अभिनास बोहोरा र ललितनारायण राजवंशीले मौका पाएका छन् ।

नेपालको प्लेईङ-११

रोहितकुमार पौडल (कप्तान), आशिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy