काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले टस हारेको छ ।
वेस्ट इन्डिज ए का कप्तान रोस्टन चेसले टस जितेर ब्याटिङ रोजेका हुन् । रोहितकुमार पौडेललाई रेस्ट दिएको नेपालका कप्तानमा दिपेन्द्रसिंह ऐरी रहेका छन् ।
नेपाली टोलीमा चार परिवर्तन भएको छ । आकाश चन्द, सोमपाल कामी, रोहितकुमार पौडेल र कुशल भुर्तेल बेन्चमा रहँदा कमलसिंह ऐरी, विनोद भन्डारी र करण केसीले मौका पाएका छन् ।
नेपालको प्लेईङ-११
दिपेन्द्रसिंह ऐरी(कप्तान), विनोद भन्डारी, कुशल मल्ल, आरिफ शेख, गुलसन झा, अनिल शाह, विवेक यादव, सागर ढकाल,कमलसिंह ऐरी,करण केसी, लोकेश बम ।