नेपालले टस हार्यो, ललित बेन्चमा

२०८० फाल्गुन १५, मंगलवार ११:०४

काठमाडौं । नेपालले नामिबियाविरुद्धको खेलमा टस हारेको छ ।

टियु क्रिकेट मैदानमा नामिबिया कप्तान जेजे स्मिथले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्दैछ ।

नामिबिया टी-ट्वान्टी आईमा नेपालको २२ औं प्रतिद्वन्दी बन्दैछ । नेपालले आज जन्मदिन मनाईरहेका ललितनारायण राजवंशीलाई बेन्चमा सिमित बनाएको छ । अनिल शाहले समेत मौका पाएका छैनन् ।

नामिबियाका नियमित कप्तान ग्रेहार्ड इरास्मस बेन्चमा छन् । जेजे स्मिथले कप्तानको जिम्मेवारी पाएका छन् ।

नेपालको प्लेईङ-११

कुशल भुर्तेल, आशिफ शेख, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, सन्दीप जोरा, कुशल मल्ल, करण केसी, सोमपाल कामी, अभिनाश बोहोरा र विवेक यादव

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy