नेपालले टस हार्यो, ललित बेन्चमा

काठमाडौं । नेपालले नामिबियाविरुद्धको खेलमा टस हारेको छ ।

टियु क्रिकेट मैदानमा नामिबिया कप्तान जेजे स्मिथले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्दैछ ।

नामिबिया टी-ट्वान्टी आईमा नेपालको २२ औं प्रतिद्वन्दी बन्दैछ । नेपालले आज जन्मदिन मनाईरहेका ललितनारायण राजवंशीलाई बेन्चमा सिमित बनाएको छ । अनिल शाहले समेत मौका पाएका छैनन् ।

नामिबियाका नियमित कप्तान ग्रेहार्ड इरास्मस बेन्चमा छन् । जेजे स्मिथले कप्तानको जिम्मेवारी पाएका छन् ।

नेपालको प्लेईङ-११

कुशल भुर्तेल, आशिफ शेख, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, सन्दीप जोरा, कुशल मल्ल, करण केसी, सोमपाल कामी, अभिनाश बोहोरा र विवेक यादव





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]