नेपालले दियो १८० रनको लक्ष्य

२०८१ जेष्ठ ३, बिहीबार २१:५८

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा १ सय ८० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन बनायो ।

नेपालका लागि अनिलकुमार शाहले २७ बलमा ५० रनको अर्धशतकीय ईनिङ खेले । कप्तान रोहितकुमार पौडेलले ३३ बलमा ४१ रन बनाए ।

ओपनर कुशल भुर्तेलले २८ बलमा ३८ तथा दीपेन्द्रसिंह ऐरीले १४ बलमा २६ रन बनाए ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy