नेपाल टी-१० : प्यान्थर्स र एनबीएसीको विजयी सुरुआत

काठमाडौं । प्रथम कोशी प्रदेश दिवा-रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगरको प्यान्थर्स क्रिकेट क्लब र एनबीएससी लायन्स क्लब तथा विराट स्पोर्टिगं र पुर्वान्चल क्रिकेट एकेडेमीले विजयी सुरुवात गरेको छ ।

विराटनगर महानगरपालिका–६ को आयोजनामा सोमबारदेखि सुरू प्रतियोगिताको उद्घाटन खेलमा प्यान्थर्सले विराटनगरकै वाइआरसीसी क्रिकेट क्लबलाई ६ रनले र एनवीएससी लायन्सले फुलवारी क्रिकेट क्लबलाई ५० रनले हराउँदै विजयी सुरुवात गरेका हुन् ।

सोमबार नै भएको तेस्रो खेलमा पुर्वान्चलले एलिट क्रिकेट क्लबमाथि १८ रनको जित निकालेको हो । सोमबारै भएको अन्तिम खेलमा विराट स्पोर्टिगंले विराटनगर प्यान्थर्सलाई ५ विकेटले पराजित गर्यो ।

प्रतियोगितामा विभिन्न ७ वटा क्लबको सहभागिता छ र हरेक क्लबमा चार जना भारतीय खेलाडी अनुबन्धित छन ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख रुपैयाँ पुरस्कार पाउने छन् । दिवा रात्रीकालीन प्रतियोगिता सञ्चालनका लागि विराटनगर ६ बरमपुरामा १२ लाखको लागतमा बाँसको खम्बामा अस्थायी फल्डलाइटको व्यवस्था गरेको छ ।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]