क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोली विरुद्ध नेपालले टस हारेको छ । क्यानडाका कप्तान निकोलस किर्तनले टस जितेर बलिङ रोजे पछि नेपालले पहिला ब्याटिङ गर्दैछ ।
नेपाली टोलीका तीव्र गतिका बलर सोमपाल कामी टिममा फर्किएका छन् । क्यानडा त्रिकोणात्मक सिरिजमा नेपालले गएको खेलमा खेलेका दुई खेलाडीलाई बेन्चमा राखेको छ । रिजन ढकाल र देव खनाललाई बेन्चमा राख्दा सोमपाल र ललित नारायण राजवंशीलाई मौका दिएको हो ।
सोमपालले ओमानविरुद्धको खेल गुमाएका थिए भने ललितले यो सिरिजमा पहिलो पटक मौका पाएका हुन् । क्यानडाविरुद्धको खेलमा नेपालले टस हारेको छ । क्यानडाका कप्तान निकोलस किर्तनले टस जितेर बलिङ रोजे पछि नेपालले पहिला ब्याटिङ गर्दैछ ।
नेपालको प्लेईङ-११
आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, साृमपाल कामी, सन्दीप लामिछाने र ललित राजवंशी
