पञ्जाबमाथि गुजरातको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३७ औं खेलमा गुजरात टाईटन्सले पञ्जाब किंग्समाथि जित निकालेको छ ।

पञ्जाबको घरेलु मैदान मुल्लापुरमा गुजरातले ३ विकेटको जित निकाल्यो ।

पञ्जाबले दिएको १ सय ४३ रनको लक्ष्य गुजरातले १९ दशमलब १ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो ।

गुजरातका लागि कप्तान शुभमन गिलले २९ बलमा ५ चौकाको सहयोगमा ३५ रन बनाए । राहुल तिवातियाले १८ बलमा अविजित ३६ तथा साइ सुदर्शनले ३४ बलमा ३१ रन बनाए ।

पञ्जाबका लागि हर्षल पटेलले तीन तथा लियम लिभिङ्स्टोन दुई विकेट लिए । साम करन, अर्शदिप सिंहले समान एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० औं ओभरको अन्तिम बलमा १ सय ४२ रनमा अल आउट भएको थियो ।

पञ्जाबका लागि प्रभसिमरन सिंहले २१ बलमा सर्वाधिक ३५ तथा अर्का ओपनर तथा हरप्रित ब्रारले १२ बलमा ४ चौका र १ छक्काको सहयोगमा २९ रन बनाए ।

टोलीका कप्तान साम करनले १९ बलमा २० रन बनाए । जितेश शर्माले १२ बलमा १३ तथा हरप्रित सिंहले १९ बलमा १४ रन बनाए ।

गुजरातका लागि साइ किशोरले चार तथा मोहित शर्मा र नुर अहमदले समान दुई दुई विकेट लिए ।

आठौं खेलमा चौथो जितका साथ गुजरात छैटौं स्थानमा उक्लिएको छ । आठौं खेलमा छैटौं हारका साथ पञ्जाब पुछारबाट दोस्रो स्थानमा छ ।

 





थप समाचार

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]