काठमाडौं । सन्जु सामसनलाई समट्दै आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि भारतको टोली घोषणा भएको छ ।
मंगलबार रोहित शर्माको कप्तानीमा १५ सदस्यीय भारतको टोली घोषणा भएको हो । सन् २०२४ मा हुने आइसिसी पुरुष टी–२० विश्वकपका लागि भारतले टोलीमा सन्जु सामसन समावेश गरिएको छ ।
विश्वकपमा भारत समूह ए मा रहेको छ । समूह ए मा भारतको अलावा पाकीस्तान, आयरल्यान्ड, क्यानडा र अमेरिका छन् । ५ जुनमा आयरल्यान्डसॅंग खेल्दै भारतले विश्वकपको सुरुआत गर्नेछ ।
भारतको टोली
रोहित शर्मा(कप्तान), यसश्वी जैसवाल, विराट कोहोली, सुर्यकुमार यादव, रिषभ पन्त, सन्जस सामसन, हार्दिक पान्ड्या, शिभम दुबे, अक्षर पटेल, रविन्द्र जडेजा, कुलदिप यादव, युजभेन्द्र चहल, मोहम्मद सिराज, जसप्रित बुमराह, अर्शदिप सिंह