पाँचपोखरी टी-ट्वान्टी : इन्द्रावतीको पहिलो जित, भोटेचौरको लगातार दोश्रो जित

काठमाडौं । पाँचपोखरी थाङ्गपाल गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघ र पांचपोखरी क्रिकेट क्लब को प्राबिधिक सहयोगमा जारी जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको आज खेलमा इद्रावती गाउँपालिका र भोटेचौर स्पोर्टस क्लबले जित हात पारेका छन् ।

प्रतियोगिताको चौथो दिनको पहिलो खेलमा इद्रावती गाउँपालिकाले पहिलो जित दर्ता गरेको छ। आज भएको पहिले खेलमा माइटी साँगाचोकलाई इन्द्रावतीले पराजित गरेको हो । टस जितेर पहिलो ब्याटिंग गरेको साँगाचोकले १५ दशमलब ४ ओभर सबै विकेट गुमाई जम्मा ६६ रन बनाएको थियो ।

साँगाचोकका लागि सागर तिमिल्सेना १६ रन बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोर अंक बनाउन सकेनन् । बलिंग तर्फ इन्द्रावतीका चन्द्रकान्त पौडेलले ४ ओभरमा १४ रन दिएर महत्वपूर्ण ४ विकेट लिए । सुशन चौलागाई, सुमन चौलागाईं र निशान भारतीले समान २/२ विकेट लिन सफल भए।

६७ रनको लक्ष्य इन्द्रावतीले ८ दशमलब २ ओभरमा २ विकेट गुमाउदै पूरा गर्यो । इन्द्रावतीका लागि उमंग धितालले अविजित ३७ रन को योगदान दिए भने चन्द्रकान्तले अविजित २५ रन को योगदान दिए।

माइटी साँगाचोकका सबिन गिरिले २ विकेट लिए । खेल को म्यान अफ द म्याच चन्द्रकान्त पौडेल हुन सफल भए।

आज नै भएको दोस्रो खेलमा दुर्गेश थापाको शतकमा भोटेचौर स्पोर्ट्स क्लबले लगातार दोश्रो जित हासिल गरेको छ । भोटेचौर स्पोर्ट्स क्लबले पाँचपोखरी हिमालय क्लबलाई पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिंगको गरेको पाँचपोखरीले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १४१ रन बनाएको थियो।

पांचपोखरीका ब्याटर पासांग दोर्जे तामांगले अर्धसतक प्रहर गरे उनले ४४ बल मा ५१ रन तथा राजु लामाले नटआउट ३६ बल मा ४४ रन बनाए।

१४२ रनको लक्ष्य सहित जबाफी ब्याटिंगमा ओर्लेको भोटेचौर स्पोर्ट्स क्लबले दुर्गेश थापाको अविजित शतकमा १९ दशमलब २ ओभरमा लक्ष्य भेट्टायो ।

No description available.

दुर्गेश थापाले १५ चौका २ छक्का प्रहर गरे। कप्तान अरुण चौलागाई ले २० रन प्रहार गरे। अन्तिम ओभर सम्म गएको खेल भोटेचौर स्पोर्ट्स क्लबले ६ विकेटले जित्न सफल भयो ।

पाँचपोखरी हिमालयन क्रिकेट क्लबका करण तामांग र कर्मा तामांग ले समान १/१ विकेट लिए । खेल को म्यान अफ द म्याच दुर्गेश थापा भए ।

भोलि बिहान ९ बजे पहिलो खेल पाँचपोखरी हिमालयन क्रिकेट क्लब तथा ह्योल्मो एघार माइटी र दिउसो १ बजे माइटी साँगाचोक तथा मेलम्ची नगरपालिकाबीच रहेको छ।





थप समाचार

एनसिएएसए इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनसिएएसए) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]