प्रदेश २ ले अनलाईन मार्फत बिभिन्न क्रिकेट गतिविधि गर्ने

प्रदेश नम्बर २ क्रिकेट संघले हाल बिश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का कारण क्रिकेट गतिबिधी ठप्प भएको अवस्थामा अनलाईनमा मार्फत बिभिन्न कार्यहरु गर्ने निर्णय गरेको छ ।

संघको  शुक्रवार सम्पन्न अनलाईन बैठकमा प्रदेश २ ले प्रदेश अन्र्तगत रहेका ८ वटै जिल्ला क्रिकेट संघलाई निर्देशन जारी गर्दै एकिकृत रुपमा खेलाडिको दर्ता अनलाईन मार्फत गर्ने निर्णय गरेको छ । जस अन्र्तगत खेलाडिको फर्म सामाजिक संजाल मार्फत तथा सामाजिक संजाल पहुच नभएका लागि जिल्ला संघ मार्फत फर्म उपलब्ध गराई दर्ता प्रकृया अगाडि बढाउने निर्णय गरेको प्रदेश २ क्रिकेट संघका सचिव आयुश श्रेष्ठले डिसी नेपाललाई जानकारी दिए ।

प्रदेश नं. २ क्रिकेट संघका अध्यक्ष हिरा भगतको अध्यक्षता एवम नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन कुमार सिंहको बिशेष उपस्थितीमा सम्पन्न बैठकमा खेलाडिहरुको हितलाई ध्यानमा राखि खेलाडिको आवश्यक्तामा आधारित रही यस बिषम परिस्थितिमा कृयाकलाप गर्न प्रदेश नं. २ का नियमित खेलाडिहरुसंग जेष्ठ २५ गते सोमवार अन्तकृया कार्यक्रम समेत गर्ने निर्णय संघले गरेको जानकारी श्रेष्ठले गराए ।

संघले प्रदेश भित्र अनलाईन अम्पाएर तथा स्कोरिंग तालिम संगै खेलाडीहरुको फिटनेश तालिम समेत संचालन गर्ने निर्णय गरेको छ तर यसको आधिकारिक मिति जेष्ठ ३२ गते पछि नेपाल सरकारले तोकेको मोडालिटीलाई ध्यानमा राखेर गरिने श्रेष्ठले बताए ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy