काठमाडौं । मंगलबार नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित टी-ट्वान्टी आईको फाइनल खेलमा नेपाल र नेदरल्यान्ड्स खेल्दै छन् ।
नेपाल र नेदरल्यान्ड्सबीचको फाइनल खेल टियु क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ११ मा सुरु हुनेछ ।
नेपाल नेदरल्यान्ड्सलाई स्तब्ध पारेर सिरिजको च्याम्पियन बन्न चाहन्छ । यसका लागि नेपाल आफ्नो बलियो प्लेईङ-११ मैदान उतार्ने छ । मंगलबार हुने फाइनल खेलमा नेपालको टोलीमा समूह चरण अन्तिम खेलमा रहेकै प्लेईङ-११ ले निरन्तरता पाउने सम्भावना रहेको छ ।
नेपालको ओपनिङमा कुशल भुर्तेल र आशिफ शेखले निरन्तरता पाउने सम्भावना छ । तेस्रो नम्बरमा कप्तान रोहितकुमार पौडेलले मौका पाउने सम्भावना छ ।
चौथो स्थानमा दीपेन्द्रसिंह ऐरीले मौका पाउने सम्भावना छ । नेपालका लागि टी-ट्वान्टी आई मा १ हजार रन तथा २५ विकेट पूरा गर्ने ब्याटर ऐरीको चौथो स्थानको सम्भावना बढी छ ।
पाँचौ नम्बरमा अलराउन्डर कुशल मल्लले स्थान बनाउँने सम्भावना छ । लामो सटका लागि चिनिएका मल्लले केही ओभर स्पिन बलिङ समेत गर्नेछन् । छैटौं नम्बरमा गुलशन झाले मौका पाउने सम्भावना छ । सातौं नम्बरमा आरिफ शेखले मौका पाउने सम्भावना छ ।
आठौं नम्बरमा तिव्र गतिका बलर करण केसीले मौका पाउने सम्भावना छ । पछिल्लो क्रमको ब्याटिङमा समेत केसीले योगदान दिनेछन् । नवौं नम्बरमा तिव्र गतिका बलर सोमपाल कामीले मौका पाउने सम्भावना छ । तल्लो क्रममा रहेर राम्रो ब्याटिङको समेत क्षमता राख्ने कामीले फास्ट बलिङमा टोलीको नेतृत्व गर्ने छन् ।
दशौं नम्बरमा देब्रहाते तिव्रगतिका बलर प्रतिश जिसीले मौका पाउने सम्भावना छ । अन्तिम एघारौं नम्बरमा नेपालका योर्कर किंगका रुपमा चिनिने अभिनाश बोहोराले मौका पाउने सम्भावना छ ।
नेपालको सम्भावित प्लेईङ-११
कुशल भुर्तेल, आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, गुलसन झा, कुशल मल्ल, आरिफ शेख, करण केसी, सोमपाल कामी, प्रतिश जिसी र अभिनाश बोहोरा