बेंगलुरुको लगातार छैटौं हार, कोलकाता दोस्रो स्थानमा उक्लियो

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल)को ३६ औं खेलमा कोलकाता नाइटराइडर्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई पराजित गरेको छ ।

घरेलु मैदान इडन ग्राडेन क्रिकेट स्टेडियममा कोलकाता १ रनले विजयी भयो ।

कोलकाताले दिएको २ सय २३ रनको लक्ष्य पछ्याएको बेंगलुरुले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुँदै २ सय २१ रन मात्र बनायो ।

बेंगलुरुका लागि विल ज्याक्स र रजत पाटीदारले अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । ज्याक्सले ३२ बलमा ४ चौका र ५ छक्काको सहयोगमा ५५ रन बनाए । पाटिदारले २३ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५२ रन बनाए ।

पाटिदार र ज्याक्सले तेस्रो विकेटका लागि ४८ बलमा १ सय २ रनको शतकीय साझेदारी गर्दै टोलीलाई बलियो स्थितीमा पुर्याए पनि १२ औं ओभरमा आन्द्रे रसेलले दुवैलाई आउट गरेसँगै कोलकाता खेलमा फर्किएको थियो ।

तेह्रौं ओभरमा सुनिल नारायणले थप विकेट निकाले पछि कोलकाता खेलमा पुरा हाबी भएको थियो । सुयश प्रभुदेशाईले १८ बलमा २४ रन तथा विराट कोहलीले ७ बलमा १८ रन बनाए । दिनेश कार्तिकले १८ बलमा २५ रन बनाए । कर्ण शर्माले ७ बलमा ३ छक्काको सहयोगमा २० रन बनाए ।

कार्तिक र सुयशले सातौं विकेटका लागि ३२ रनको साझेदारी गर्दै बेंगलुरुलाई खेलमा फकाउने कोसिस गरेपनि हर्षित रानाले साझेदारी तोडेका थिए ।

कोलकाताका लागि आन्द्रे रसेलले तीन तथा हर्षित राना र सुनिल नारायणले समान दुई दुई विकेट लिए । मिचेल स्टार्क र वरुण चक्रवर्तीले समान एक एक विकेट लिए ।

त्यसअघि घरेलु मैदान इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २२ रन बनाएको थियो ।

कोलकाताका लागि कप्तान श्रेयस अय्यरले ३६ बलमा ७ चौका र १ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले । ओपनर फिलिप साल्टले १४ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ४८ रनको विष्फोटक ईनिङ खेले । आन्द्रे रसेलले २० बलमा ४ चौकाको सहयोगमा अविजित २७ तथा रमनदिप सिंहले ९ बलमा २ चौका र २ छक्काको सहयोगमा अविजित २४ रन बनाए ।

बेंगलुरुका लागि यश दयाल र क्यामरुन ग्रिनले समान दुई दुई तथा मोहम्मद सिराज र लकि फर्गुसनले समान एक एक विकेट लिए ।

सातौं खेलमा पाँचौ जितका साथ कोलकाता अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । आठौं खेलमा सातौं हार व्यहोरेको बेंगलुरु अंक तालिकाको पुछारमा रहेको छ ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]