मलेसियामाथि नेपालको जित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई हराउँदै नेपालले प्रतियोगिताको सुखद सुरुआत गरेको छ ।

ओमानको मस्कटमा भएको खेलमा नेपाल ५ विकेटले विजयी भयो ।

मलेसियाले दिएको १ सय ४४ रनको लक्ष्य नेपालले १९ दशमलब २ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।

नेपालका लागि ओपनर आसिफ शेखले ३५ बलमा ४ चौकाको सहयोगमा ३२ रन बनाए । कप्तान रोहितकुमार पौडेलले २४ बलमा १ छक्काको सहयोगमा २८ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ११ बलमा २ चौका र १ छक्काको सहयोगमा २० रन बनाए । चौथो विकेटका लागि पौडेल र ऐरीले राम्रो साझेदारी भए पनि १७ औं ओभरमा दुवै ब्याटर गुमाएको नेपाल समस्यामा परेको थियो ।

त्यसपछि क्रिजमा आएका सन्दीप जोरा र गुलसन झाको ३० रनकाे अविजित साझेदारीले नेपाललाई जितसम्म पुर्यायो । झाले ७ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित १९ रन बनाए । जोराले ९ बलमा अविजित १२ रन बनाए ।

मलेसियाका लागि कप्तान विरनदिप सिंहले तीन विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो ।

मलेसियाका लागि कप्तान तथा ओपनर विरनदिप सिंहले ५५ बलमा ३ चौका र ४ छक्काको सहयोगमा अविजित ६८ रनको अर्धशतकीय ईनिङ खेले । सर्बिन मुनियान्डिले ३३ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४१ रन बनाए । दोस्रो विकेटका लागि सिंह र मुनियान्डिले ८२ रनको महत्वपुर्ण साझेदारी गरे ।

ओपनर मोहम्मद अमिर १८ बलमा ३ चौकाको सहयोगमा १६ रन बनाउँदै दीपेन्द्रसिंह ऐरीको बलमा आउट भए । साइद अजिज ६ रन बनाउँदै ऐरीकै बलमा आउट भए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई तथा अभिनास बोहोराले एक विकेट लिए ।

प्रिमियर कपमा आयोजक ओमान, नेपाल, मलेसिया, हङकङ, युएई, बहराइन, कतार कुवेत, कम्बोडिया र साउदी अरेबिया सहभागी रहेका छन् ।

प्रतियोगितामा सहभागी दश राष्ट्रलाई दुई समूहमा विभाजन गरएिको छ । नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा मलेसिया, हङकङ, साउदी अरेबिया र कतार छन् ।

समूह बी मा आयोजक ओमानसहित युएई, कुवेत, कम्बोडिया र बहराइन छन् ।

प्रतियोगितामा नेपालको दोस्रो खेल बैशाख १ मा कतारसँग रहेको छ । दोस्रो खेल नेपाली समय अनुसार अपरान्ह सवा ४ मा हुनेछ । नेपालले तेस्रो खेलमा बैशाख ३ मा हङकङसँग खेल्नेछ । यो खेल भने नेपाली समय अनुसार बिहान पौने १२ मा हुनेछ ।

समूह चरणको अन्तिम खेलमा नेपालले बैशाख ५ मा साउदी अरेबियासँग खेल्ने छ । यो खेल नेपाली समय अनुसार बिहान पौने १२ मा हुनेछ ।

हरेक समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रिमियर कपको विजेता टोलीले एसिया कपमा स्थान बनाउनेछन् । यस संस्करणको एसिया कप टी-२० फर्म्याटमा हुनेछ ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]